समाज

जन्ती चढेको बस बिजुलीको खम्बामा ठोक्कियो

करेन्ट लागेर दुईको अवस्था गम्भीर, ६ घाइते

असार ५, २०७४

    लहानः सिरहाको लहान नगरपालिका– १५ भित्री सडक खण्डमा पर्ने शोभापुरमा सोमबार साँझ साढे ६ बजेतिर जन्ती लिएर फर्किंदै गरेको बस बिजुलीको खम्बामा ठोक्किँदा छ जना घाइते भएका छन्।

    घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको र बाँकी चार जनाको अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ। घाइते सबैको लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायव उपरीक्षक हीराबहादुर पाण्डेले जानकारी दिए।

    बिजुलीको खम्बा ढलेर करेन्ट लाग्दा बसको छतमा रहेका सर्लाही परवानीपुर– २ का १९ वर्षका बुद्ध दोङ र सोही ठाउँका २० वर्षका संजय वाइवाको छातीको भागमा जलेर गम्भीर घाइते भएका छन्। 

    त्यस्तै,  परवानीपुरकै १५ वर्षका विशेष स्याङ्तानको बायाँ खुट्टा भाँचिएको छ भने २४ वर्षका अर्जुन तामाङको हातमा चोट लागेको छ। जन्ती आएका १६ वर्षका लालबहादुर बुढाथोकी र १६ वर्षका सुरेश बम्जनलाई भने सामान्य चोटपटक लागेको प्रहरीले जनाएको छ। 

    लहान– १५ मोहनपुर खोरिया टोलबाट दुलही लिएर सर्लाहीको लालबन्दी नगरपालिका– १७ परवानीपुर जान लहान आउँदै गरेको ना२ख ५८९७ नम्बरको बस बिजुलीको खम्बामा ठोक्किएर तार लत्रिँदा करेन्ट लागेको प्रहरीले जनाएको छ। 

    बसमा रहेका अन्य जन्ती र दुलहा–दुलहीको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ।

    बस अहिले घटनास्थलमै रहेको छ भने प्रहरीले घटनास्थलको अनुसन्धान गरिरहेको जनाएको छ। घटनास्थल लहानबाट करिब पाँच किलोमिटर उत्तर भित्री सडक खण्डमा पर्दछ।

मणिलाल विश्वकर्मा

विश्वकर्मा थाहा खबरका सिरहा संवाददाता हुन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]