छापा

भारतको स्वतन्त्रता दिवसमा दिल्ली जाने प्रधानमन्त्री देउवाको इच्छा

असार ६, २०७४

    काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले ३१ साउन (अगस्ट १५ स्वतन्त्रता दिवसका अवसरमा) मा भारत भ्रमण गर्ने इच्छा गरेका छन्। देउवा प्रधानमन्त्री भएलगत्तै भारतले उनलाई भ्रमणको निम्तो दिइसकेको छ। 

    भ्रमणबारे दुई पक्षबीच ठोस तयारी नभए पनि नेपालले उक्त मिति उपयुक्त हुने अनौपचारिक सुझाव भारतलाई दिएको छ। भारतले विदेशी सरकारप्रमुखलाई गणतन्त्र दिवसका अवसरमा मात्रै प्रमुख अतिथिका रूपमा बोलाउने गरेको छ। भारतले राजा वीरेन्द्रलाई दुई दशकअघि गणतन्त्र दिवसका अवसरमा प्रमुख अतिथि बनाएर डाकेको थियो।

    नजिकको छिमेकीका हैसियतले प्रधानमन्त्री देउवाको भ्रमण स्वतन्त्रता दिवसका अवसरमा गराउनु उपयुक्त हुने सुझाव नयाँदिल्लीस्थित नेपाली दूतावासले भारतीय विदेश मन्त्रालयलाई दिएको छ। ‘नेपालबाट अगस्ट १५को मिति उपयुक्त हुन्छ भन्ने अनौपचारिक प्रस्ताव आएको छ, हामी मितिका बारेमा छलफल गरेर आवश्यक निर्णय गर्छौं, नेपालसँग थप कुराकानी गरेर भ्रमणको समय टुंग्याउँछौं’ भारतीय विदेश मन्त्रालय स्रोतले भन्यो । भारतमा राष्ट्रपतिको निर्वाचन सकिएपछि भ्रमणको टुंगो लाग्ने बुझिएको छ।

    भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले प्रधानमन्त्रीको भ्रमणबारे भारतीय पक्षसँग कुराकानी भइरहेको तर टुंगो लागिनसकेको बताए । ‘प्रधानमन्त्री देउवालाई भारत भ्रमणका लागि निम्ता गइसकेको छ, त्यसबारे हामी भारतीय पक्षसँग अनौपचारिकरुपमा संवादमा छौं' उपाध्यायले भने।

    गतवर्ष भदौ अन्तिमदेखि असोज पहिलो साता प्रधानमन्त्री पुष्पकमल दाहाल भारत भ्रमणमा गएका थिए। गत वैशाख पहिलो साता राष्ट्रपति विद्यादेवी भण्डारीको राजकीय भारत भ्रमण भएको थियो। 

नयाँ पत्रिका

राजधानी काठमाडौंबाट प्रकाशित ब्रोडसिट दैनिक पत्रिका हो ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]