छापा

उम्मेदवारहरुलाई चुनाव चिह्न आज प्रदान गरिने

असार ६, २०७४

    काठमाडौं : निर्वाचन आयोगले स्थानीय तह दोस्रो चरण निर्वाचनका लागि मनोनयन दर्ता गराएका दल तथा स्वतन्त्र उम्मेदवारहरूलाई आज (मंगलबार) निर्वाचन चिह्न दिने भएको छ। १४ असारका लागि तय भएको स्थानीय तह दोस्रो चरणको निर्वाचनका लागि प्रदेश १, ५ र ७ का ३५ जिल्लाका ३ सय ३४ स्थानीय तहमा कायम भएका मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयबाट मनोनयन दर्ता गराएका पार्टी तथा स्वतन्त्र उम्मेदवारहरूलाई आयोगले आज निर्वाचन चिह्न दिने भएको हो।

    आयोगले जारी गरेको पूर्वनिर्धारित कार्यतालिकाअनुसार नै निर्वाचन चिह्न प्रदान गरिने आयोगका सचिव गोपीनाथ मैनालीले बताए। ‘आयोगको पूर्वनिर्धारित कार्यतालिकाबमोजिम नै निर्वाचन चिह्न प्रदान गरिनेछ। दलका तर्फबाट तथा स्वतन्त्र रूपबाट तोकिएको समयभित्र उम्मेदवारी दर्ता गराएका उम्मेदवारहरूले निर्वाचन चिह्न पाउनुहुनेछ,’ सचिव मैनालीले राजधानीसँग भने।

    आयोगले स्थानीय तह निर्वाचन प्रयोजनका लागि जारी गरेको निर्वाचन कार्यतालिकाअनुसार ४ असारमा दल तथा स्वतन्त्र उम्मेदवारहरूले मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा पुगी उम्मेदवारीको मनोनयन दर्ता गराएका थिए। सोही दिन नै दर्ता भएका उम्मेदवारको सूची प्रकाशनसमेत भइसकेको छ। उम्मेदवारी फिर्ता लिन आयोगले मंगलबार बिहान ८ बजेबाट ११ सम्मको समय तोकेको छ भने अन्तिम नामावली प्रकाशन पनि मंगलबार नै गर्ने आयोगको तयारी छ।

    स्थानीय तह निर्वाचनअन्तर्गत कुल ७ सय ४४ स्थानीय तहका कुल १८ हजार ५ सय ७२ निर्वाचन केन्द्रमध्ये दोस्रो चरणमा ३ सय ३४ तहका ८ हजार ३ सय ६४ केन्द्र र ४ हजार ५ सय ८१ स्थलमा निर्वाचन हुने आयोगले बताएको छ। जसमा १ महानगर, ७ उपमहानर, १ सय ११ नगरपालिका र २ सय १५ गाउँपालिका रहेका छन्। १४ असारमा हुने निर्वाचनमा ६४ लाख ३२ हजार ७ सय ६५ मतदाताले भाग लिनेछन् भने सो निर्वाचनबाट १५ हजार ३८ प्रतिनिधि चयन हुनेछन्। प्रदेश–३, ४ र ६ मा भने ३१ वैशाखमा नै निर्वाचन सम्पन्न भइसकेको छ भने प्रदेश–२ मा २ असोजमा निर्वाचन हुनेछ।

राजधानी दैनिक

राजधानी काठमाडौंबाट प्रकाशित हुने ब्रोडसिट दैनिक पत्रिका हो ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]