काठमाडौं : मुलुकमा खाद्यान्न आयात १६ प्रतिशतले घटेको छ। भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको आठ महिना (साउन-फागुन) मा खाद्य...
काठमाडौं : परिवारको नाममा एक टुक्रो जमिनसमेत थिएन। दिनभर अर्काको कपडा सिलाएर कमाएको दुईचार रुपैयाँका भरमा भाडाको कोठामा चारजनाको परिवार पाल्नु बाबु गंगारामको दायित्व थियो।
त्यही कामका लागि पनि दीर्घरोगी बाबुलाई साँझबिहान र विदाको समय सिलाइमा सघाएर बचेको समय विद्यालय जान्थे उनी। जति नै दुःख परे पनि लेटाङ मोरङका सुजितकुमार दर्नालको पढाइको भोक घटेन। बरु बढ्यो।
विपन्न परिवारमा जन्मिएका उनी त्यही भोकले डाक्टर बने। त्रिविअन्तर्गत एक हजारभन्दा बढी डाक्टर विद्यार्थीलाई उछिन्दै उनी ८०.८२ प्रतिशत अंक ल्याएर सर्वोत्कृष्ट भए।
नेपालमा सबैभन्दा महँगो विषय चिकित्सा शिक्षा पढ्ने र सफलता पाउने कुरा निम्नवर्गीय परिवारमा जन्मिएका उनको कल्पनाभन्दा बाहिरको कुरा थियो। ‘डाक्टर बन्ने त सोचेकैै थिइनँ, मेहेनतमात्रै गरेँ’ सुजितले भने, ‘समयले बाटो देखायो र डाक्टर भएँ।’
तेह्रथुममा जन्मेका गंगाराम २०४५ सालमा लेटाङ झरेपछि दर्नाल परिवारको भविष्यको ढोका खुलेको हो। अचल सम्पत्ति नभए पनि गंगारामले हातमुख जोर्ने व्यवस्था गरेर छोराछोरीलाई विद्यालय पठाए। गाउँटोलमा बाबुसँगै लुगा सिलाउने विद्यार्थीको प्रस्तुति देखेर शिक्षक हौस्याउँथे। शिक्षकको अपेक्षाअनसार २०६५ को एसएलसीमा ७५ प्रतिशत अंक ल्याएर उत्तीर्ण भए सुजित।
गंगारामले सरसापटी गरेर छोरालाई प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदमा सामान्य चिकित्सा (एचए) प्रवेश परीक्षा दिन लगाए। सुजितले पहिलो नम्बरमै नाम निकाले। ‘त्यही नै अेरो डाक्टर हुने यात्रा बन्यो’, सुजितले भने, ‘त्यसअघिसम्म मलाई डाक्टर पढ्न के गर्नुपर्छ भन्ने त.थाहा थिएन।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।