स्थानीय निर्वाचन २०७४ : निर्वाचन खबर

एउटै पदका लागि बाबुछोरा र दाजुभाइ भिड्दै

पुरचौडी नगरपालिका–७ का वडाध्यक्ष उम्मेदवार (एमाले) नागी साउद। माओवादी केन्द्रबाट उम्मेदवार बनेका छोरा उज्वल साउद (तल)
असार ६, २०७४

    बैतडी : आसन्न निर्वाचनका लागि जिल्लाका विभिन्न स्थानीय तहमा एकै पदका लागि बुवाछोरा र सहोदर दाजुभाइ प्रतिस्पर्धी बनेका छन्। 

    डिलाशैनी गाउँपालिकामा सहोदर दाजुभाइले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन्। कर्णबहादुर रानाले कांग्रेसबाट र लोकेन्द्रबहादुर राना (शितल) माओवादी केन्द्रबाट अध्यक्ष पदका लागि उम्मेदवार बनेका छन्। 

    इतबार डिलाशैनी गाउँपालिकामा रहेको निर्वाचन अधिकृतको कार्यालयमा दुवै भाइ अलग–अलग पार्टीबाट उम्मेदवारी दर्ताका लागि पुगेका थिए। ‘हामी सहोदर दाजुभाइ भए पनि राजनीतिक विचार भिन्न भएकाले अलग अलग पार्टीबाट उम्मेदरी दिएका हौं’, भाइ लोकन्द्रले भने, ‘मेरो राजनीतिक विचार फरक छ दाजुको राजनीतिक विचार फरक छ, त्यसैले अलग पार्टीबाट उम्मेदवारी दर्ता गरेका हौं।’ 

    दुवै भाइले एकै पदका लागि उम्मेदवारी दिएपछि भोट हाल्न परिवारका सदस्यलाई समस्या भएको छ। कर्ण र लोकेन्द्र रानाका बुवा जञ्जाली रानाले कसलाई भोट हाल्ने भन्नेमा दोधारमा रहेको बताए। 

    वडाध्यक्षमा बाबु–छोरा लड्ने 
    पुरचौडी नगरपालिका–७ मा वडाध्यक्ष पदका लागि बुवाछोराले अलगअलग पार्टीबाट उम्मेदवारी दर्ता गराएका छन्। नागी साउद (बुवा) एमालेबाट र उज्वल साउद (छोरा) माओवादी केन्द्रबाट चुनाव लड्दैछन्। उज्वलले उम्मेदवारीका विषयमा बुबासँग छलफल नभएको बताए। ‘बुवाले आफ्नो पार्टीबाट उम्मेदवारी दिनुभयो,’ उनले भने, ‘मैले आफ्नो पार्टीबाट दिएँ।’ 

    बुवाछोरा अलग अलग पार्टीबाट एकै पदका लागि चुनावी मैदानमा लड्ने भएपछि परिवारका अन्य सदस्यहरुलाई भने भोट हाल्नका लागि समस्या भएको छ। नागीकी श्रीमती तथा उज्वलकी आमा नन्ता कसलाई भोट दिने भन्ने अलमलमा छिन्।

    उज्वलका भाइ राजेन्द्र साउद पनि अलमलमै छन्। ‘बाबा र दाइ दुवै एकै पदमा लड्ने भएपछि एक जनालाई मात्र रोज्ने काम कठिन छ’, उनले भने।

     

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]