विश्व

फ्रान्सको संसदीय निर्वाचन: राष्ट्रपति म्याक्रोँको दललाई स्थापनाको १४ महिनामै अत्यधिक बहुमत

असार ६, २०७४

    फ्रान्सका राष्ट्रपति एम्मानुएल माक्रोँको मध्यपन्थी दल ‘ला रिप्युब्लिक आँ माश’ (रिपब्लिक अन द मुभ) स्थापनाको १४ महिनामै अत्यधिक बहुमतका साथ पहिलो बनेको छ। राष्ट्रपतिको पार्टीले संसदीय निर्वाचनमा अत्यधिक बहुमतका साथ विजय हाँसिल गरेको छ। माक्रोँको दल नयाँ खोलिएको भएकाले यसअघि संसद्मा कुनै प्रतिनिधित्व थिएन।

    राष्ट्रपतिमा निर्वाचित भएको केही हप्तापछि नै उनको दलले फ्रान्सको ५७७ सीट भएको राष्ट्रिय सभामा ३५० सीट विजय गरेको छ। उनले श्रम कानूनको सुधारलाई उच्च प्राथमिकतामा राखेका छन् जसका कारण उनी लोकप्रिय पनि बने।

    आइतबार भएको मतदानमा फ्रान्सका ४४ प्रतिशत मतदाताले सहभागिता जनाएको बताइएको छ। निर्वाचनबाट प्राप्त बहुमतले माक्रोँसँग अब आफ्ना सुधारका योजना संसद मार्फत लागू गर्न आवश्यक समर्थन प्राप्त भएको छ तर केही युनियन नेताहरुले त्यसविरुद्ध लड्न आफूहरु तयार रहेको बताएका छन्।

    निर्वाचनमा चरम दक्षिणपन्थी नेतृ मारिन ले पेनले पहिलो पटक जित हाँसिल गरेपनि परम्परागत दक्षिणपन्थी तथा वामपन्थी दलहरुलाई निर्वाचन नतिजाले निरास बनाएको छ। ले पेनको दलले संसदमा १५ सीट पाउने आशा रहेकोमा जम्मा आठ सीटमा चित्त बुझाउनुपरेको छ।

    जितसँगै अब संसदमा करिब ६० प्रतिशत सदस्य रिपब्लिक अन द मुभका हुनेछन् र प्रमुख विपक्षी मध्य दक्षिणपन्थी पार्टीको संसद्मा २० प्रतिशतको हाराहारीमा प्रतिनिधित्व हुने भएको छ।

    संसदीय चुनावको परिणामलाई छ हप्तायता फ्रान्सले आफ्ना राजनीतिक संरचनाहरुमा बेहोरेको अर्को विजय तथा आमूल परिवर्तन भएको टिप्पणी गरिएको छ। यो कुनैपनि पार्टीले विश्वयुद्धपछिको पहिलो अत्यधिक बहुमत भएको बताइएको छ। “पूर्णतया नवीकरण भएको राजनैतिक पुस्ताले फ्रान्सका सत्ता सम्हालेको छ,” फ्रान्सका वरिष्ठ पत्रकार अलेक्सी ब्रेजेटले लेखेका छन्, “यो हाम्रो राज्यका लागि सन् १९५८ पछिको एउटा आमूल परिवर्तन हो।” 

    पहिलो पटक राष्ट्रपति चुनावमा सहभागी हुँदा नै विजयी भएका माक्रोँसँग अब अहिलेसम्म परीक्षण नभएका वा हतारमा छनोट गरिएका सांसद्हरुको समूह विजयी भएर आएको छ। यो समूहलाई लिएर अघि बढ्ने क्रममा उनको दलले थुप्रै चुनौतिको सामना भने गर्नुपर्ने हुनेछ किनकि विपक्षी दलसँग नयाँ नेतृत्वलाई चुनौति दिने थुप्रै कार्यक्रम रहेका छन्।

    यद्यपि विगतमा संसदमा नियन्त्रण कायम गरेका शक्तिशाली वामपन्थी र दक्षिणपन्थी शक्तिहरुले अहिले निकै सानो प्रतिनिधित्व पाएको छ। तर त्यसविरुद्ध संसदभित्रबाट नभई बाहिरबाट चुनौती आइलाग्न सक्छ किनभने केही श्रम संगठनका नेताहरुले आफूहरु उक्त योजनाविरुद्ध संघर्ष गर्न तयार भएको बताउँदै आएका छन्। 

    संसद निर्वाचनमा पाएको शानदार समर्थनपछि राष्ट्रपति म्याक्रोँले सरकारमा सामान्य परिवर्तन गर्ने तयारी गरेका छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]