समाज

बाली उठाउने बेला गोलभेँडाका विरुवा मर्न थालेपछि कृषक चिन्तित

असार ६, २०७४

    पर्वत : व्यवसायिक रूपमा गोलभेँडाखेती गर्दै आएका पर्वतका किसान ‘टुट्टा एप्सुलेट’ नामक किराले पात तथा जरा काटेर बोट मार्न थालेपछि चिन्तित भएका छन्।फल लागेर टिप्ने बेलामा धमाधम बोट नै मरेपछि किसानहरू लगानी समेत नउठ्ने चिन्ताले पिरोलिएका हुन्। 

    गोलभेँडाखेती हुँदै आएका जिल्लाका गाउँ तथा नगरपालिकाका सबै ठाउँमा यो समस्या देखिएको  जिल्ला कृषि विकास कार्यालय पर्वतले जनाएको छ। कार्यालयका अनुसार  जिल्लाको कुश्मा नगरपालिका तथा जलजला गाउँपालिकाको नाङ्लिबाङ, धाइरिङ पाङ लगायतका स्थानमा देखिएको नयाँ किराले पात खाएपछि बोट धमाधम मर्न थालेका छन्।

    ५ ओटा प्लास्टिक टनेलभित्र गोलभेंडा लगाएका कटुवा चौपारीका कृषक विष्णु अधिकारीले भने, ‘अब बजारमा लग्ने बेला  हुन लागेको थियो। पात मर्दै, गोलभेँडाको बुटा नै मर्छ। नाफा आउने त कुरै छोडौं, लगानी पनि नउठ्ने भो। केही दिनअघिसम्म त राम्रा थिए बिरुवा। अचानक यस्तो रोग आएर बिरुवा मरे।’

    अधिकारी जस्तै पर्वतमा धेरै कृषकहरूले टनेलमा गोलभेँडा खेती गर्दै अाएका छन। स्थानीय कृषि प्राविधिकको सिफारिसमा ‘अल्कोरा’ नामक विषादि छर्किए पनि समस्या समाधान नभएपछि आफूहरूलाई समस्यामा परेको कृषकहरूको गुनासो छ।

    केही समयपहिलेदेखि जिल्लाका अधिकांश क्षेत्रमा देखिएको यो रोगको प्रकोय नियन्त्रणको लागि प्रयास भैरहेको भए पनि रोग नियन्त्रणमा नआएको पर्वतका वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले जानकारी दिए। अहिले जिल्लामा करिब दुई सयभन्दा बढी किसानहरूले प्लास्टिकको घरभित्र गोलभेँडा खेती गर्दै आइरहेका छन्। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]