समाज

लागुऔषधसहित युवक पक्राउ

असार ६, २०७४

    लहान : पूर्व–पश्चिम सडकअन्तर्गत सिरहाको चोहर्वा खण्डमा प्रहरीले चेक जाँचको क्रममा प्रतिबन्धित लागुऔषधसहित एक युवकलाई पक्राउ गरी अदालतमा पेस गरेको छ। जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायव उपरीक्षक विश्वमणि पोखरेलका अनुसार पक्राउ पर्नेमा सिरहाको मिर्चैया नगरपालिका ८ का २१ वर्षीय पारसमणि यादव रहेका छन्। उनलाई चौध ट्याब्लेट लागूऔषध नाइट्रोसनसहित पक्राउ गरिएको हो। 

    सिरहा चोहर्वा सडक खण्डमा स. ३ प २०९० नम्बरको मोटरसाईकल चढेर आइरहेका यादवलाई शंका लागेपछि रोकेर शरीर खानतलासी गर्दा नाइट्रोसन ट्याब्लेट बरामद भएकाले मोटरसाइकलसहित पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक पोखरेलले बताए। उनलाई लागुऔषध ओसारपोसारअन्तर्गत मुद्दा चलाउने गरी सोमबार सिरहा जिल्ला अदालतबाट अनुसन्धानका लागि म्याद थप गएिको जनाइएको  छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]