समाज

अोखलढुंगामा विद्युत् ऐन कार्यन्वयन गर्न उच्च अदालतको आदेश

असार ६, २०७४

    ओखलढुंगा : उच्च अदालत विराटनगर, अस्थायी इजलास ओखलढुंगाले प्रधानमन्त्री कार्यालय, ऊर्जा मन्त्रालय, नेपाल विद्युत प्राधिकरण र कार्यकारी निर्देशक कुलमान घिसिङलाई नियमित विद्युत प्रवाह गर्न र विद्युत ऐन २०४९ कार्यान्वयन गर्न अन्तरिम आदेश दिएको छ। वरिष्ठतम् न्यायधीश टेकराज नेपाल र न्यायधीश दीपेन्द्रबहादुर बमको इजलासले सोमबार यस्तो आदेश दिएको हो।

    मनपरी विद्युत कटौतीले नागरिकको दैनिक जीवनका अत्यावश्यक काममा अवरोध आई उपभोक्ताको अधिकार हनन् भएको भन्दै नेपाल बार एसोसिएसनका पदाधिकारी र उपभोक्ताले प्रधानमन्त्री, उर्जा मन्त्री, विद्युत प्राधिकरणका प्रमुख तथा विद्यतु प्राधिकरण र वितरण केन्द्रहरुलाई विपक्षी बनाइ परमादेश, अन्तरिम आदेशलगायतका उपयुक्त आदेश जारी गर्न माग गर्दै उच्च अदालत विराटनगर अस्थायी इजलास ओखलढुंगामा जेठ १७ गते रिट निवेदन दर्ता गरेका थिए।

    रिट निवेदनमा प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय, उर्जा मन्त्रालय, नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङ, नेपाल विद्युत प्राधिकरण, ओखलढुंगा र खोटाङको वितरण केन्द्रलाई विपक्षी बनाइएको थियो। अधिवक्ताहरु एकराज खतिवडा, टेकबहादुर राई, टुकराज निरौला, गुरुबहादुर बस्नेत र

    उपभोक्ताको तर्फबाट नोकबहादुर कट्वालले दायर गरेको रिट निवेदनमा कटौती गरिएको विद्युत प्रवाह तत्काल गरी कहिल्यै नकाट्न, अत्यावश्यक अवस्थामा कटौती गर्नु परे पूर्व सूचना दिन, अनियमित रुपमा विद्युत कटौती गर्ने कर्मचारीमाथि कारवाही गर्न, विद्युत प्रवाह नभएको समयमा शुल्क नलिन र नियमित विद्युत प्रवाह गराउन माग गरिएको थियो। 

    रिट निवेदनको सुनुवाइ गर्दै अदालतले रिट निवेदन दैनिक जीविकोपार्जनसँग सम्बन्धित भएको, विद्युत प्राधिकरणले विद्य्त प्रवाह नगर्दा सर्वसाधारण उपभोक्ता मर्कामा परेको ठहरसहित  विद्य्त प्रवाह नहुने कारण समेत उपभोक्ताले थाहा पाउनु पर्ने भएकाले विद्युत ऐन २०४९ को दफा २७ कार्यन्वयन गर्न आदेश दिएको हो।

    प्राविधिक दृष्टि र प्राकृतिक प्रकोपका कारणले विद्युत आपूर्ति नगर्दा सोको जानकारी उपभोक्तालाई दिन, निवेदनकको माग बमोजिम विद्युत प्रवाह र आपूर्तिको व्यवस्था गर्न सार्वजनिक हितमा अन्तरिम आदेश जारी गरिएको अदालतको आदेशमा उल्लेख छ। विद्युत प्राविधकरणका तर्फबाट अधिवक्तहरु राजकुमार पोखरेल, निलकण्ड पोखरेल र तुलाराम गिरीले गरेका थिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]