समाज

बस र ट्रक ठोकिँदा बस चालकको मृत्यु, १४ घाइते ४ को अवस्था गम्भीर

असार ६, २०७४

    कपिलवस्तु : कपिलवस्तुको बाणगंगा नगरपालिका ८, चप्परगाउँमा मंगलबार बिहान बस र ट्रक एकापसमा ठोकिँदा बस चालकको घटनास्थलमै मृत्यु भएको छ। अरु १४ जना घाइते भएका छन्। काठमाडौंबाट नेपालगन्‍ज जाँदै गरेको ना ५ ख ७४९० नम्बरको बस र विपरीत दिशाबाट आएको लु १ ख ७६६९ नम्बरको ट्रक आपसमा ठोकिएका थिए।

    मृत्यु हुनेमा बाँके जिल्ला पटनापुर २ का बर्ष २६ का धनबहादुर पाण्डे रहेका छन्। घाइते भएकामध्ये ४ जनाको अवस्था गम्भीर रहेकोले र उनीहरुको अहिले बुटवलस्थित मर्सिसिटी हस्पिटलमा उपचार भइरहेको प्रहरीले बताएको छ।

    दुर्घटनामा बर्दियाका ४० वर्षीय सन्तोष शर्मा, बांके नेपालगंज उपमहानगरपालिका ८ बस्ने २८ वर्षीय नितु थापा क्षेत्री, धादिङ जिल्ला धादिङ नगरपालिका ८ बस्ने २८ वर्षीय प्रेम बहादुर गुरुङ, सोही ठाउँका ३४ वर्षीय पूर्ण बहादुर गुरुङ, प्युठान जिल्ला प्युठान नगरपालिका ४ घर भइ अंचल प्रहरी कार्यालय जुम्लामा कार्यरत ३८ वर्षीय प्रहरी हवल्दार दिनेश शाह र जुम्ला जिल्ला चन्दननाथ नगरपालिका ६ बस्ने ३५ वर्षीय नरेन्द्रनाथ योगी रहेका छन्।

    दुर्घटनामा ट्रक चालक बाँके जिल्ला राजापुर नगरपालिका ८ बस्ने श्याम चौधरी रहेको प्रहरीले जनाएको छ। घाइते अन्यलाई बुटवलस्थित लुम्बिनी अंचल अस्पतालमा उपचारपछि घर फर्काइएको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]