समाज

जन्ती बोकेको बस बिजुलीको पोलमा ठोकिएर दुर्घटना ६ जन्ती घाइते

बेहुला बेहुलीको अवस्था सामान्य

असार ६, २०७४

    लहान : सिरहाको लहान नगरपालिका १५ भित्री सडक खण्डमा पर्ने शोभापुरमा सोमबार साँझ जन्ती लिएर फर्किंदै गरेको बस बिजुलीको खम्बामा ठोकिएर दुर्घटना भएको छ। दुर्घटनामा ६ जन्ती घाइते भएका छन्। घाइतेलाई थप उपचारका लागि धरान लगिएको छ।

    लहान १५ मोहनपुर खोरिया टोलबाट दुलही लिएर सर्लाहीको लालबन्दी नगरपालिका १७ परवानीपुर जान लहानतिर आउँदै गरेको ना.२ ख ५८९७ नं. बस बिजुलीको खम्बामा ठोक्किएर तार लत्रिंदा करेण्ट लागेको हो। बसमा रहेका अन्य जन्ती र दुलहा दुलहीको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ।

    इलाका प्रहरी कार्यालय लहानका अनुसार घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको र अन्य चार जनाले पनि थप उपचार गराउन धरान नै जान्छौं भनेपछि सोमबार राति नै धरानस्थित वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको हो।

    घाइतेहरुलाई तत्काल स्थानीय बासिन्दा र प्रहरीले उद्धार गरी उपचारका लागि सोमबार साँझ ७ बजेतिर लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पताल भर्ना गरिएको थियो। बिजुलीको खम्बा ढलेर करेण्ट लाग्दा बसको छतमा रहेका सर्लाहीको परवानीपुर २ का १९ वर्षीय बुद्ध दोङ् र सोही ठाउँका २० वर्षीय संजय वाईवाको छातीको भागमा जलेर गम्भीर घाइते भएका छन्।

    त्यस्तै, परवानीपुरकै १५ वर्षीय विशेष स्याङ्तानको बायाँ खुट्टा भाँचिएको छ भने २४ वर्षीय अर्जुन तामाङको हातमा चोट लागेको छ। जन्ती आएका १६ वर्षीय लाल बहादुर बुढाथोकी र १६ वर्षीय सुरेश बमजनलाई भने सामान्य चोटपटक लागेको प्रहरीले जनाएको  छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]