स्थानीय निर्वाचन २०७४ : निर्वाचन खबर

रेसुंगा नगरपालिकामा एमालेलाई समर्थन गर्दै नयाँ शक्ति र राप्रपाको उम्मेदवारी फिर्ता

असार ६, २०७४

    गुल्मी : गुल्मीको रेसुंगा नगरपालिकामा दुई साना दलले प्रमुख पदमा एमालेका उम्मेदवारलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका छन्। नेकपा एमाले रेसुंगा नगरपालिकाका प्रमुख पदका उम्मेदवार डिल्लीराज भुसाललाइ समर्थन गर्दै नयाँ शक्ति नेपालका प्रमुख पदका उम्मेद्वार पदमबहादुर खत्री र राप्रपाको उम्मेदवार निर्मला पाण्डेयले उम्मेदवारी फिर्ता लिएका हुन्।

    दुई उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिँदै एमालेको तर्फबाट प्रमुख पदका उम्मेदवार भुसाललाई समर्थन गर्ने जनाएका छन्। उनीहरुले नगरका उपप्रमुख र वडाहरुमा भने आफ्ना उम्मेदवारहरुले चुनावमा भाग लिने जनाएका छन्। नगरमा दुई पार्टीका उम्मेदवारको समर्थनले भुसाललाई जित्नको लागि सजिलो बन्ने आँकलन रहेको छ।

    नगरमा कांग्रेसको बलियो मत रहे तापनि पछि थपिएका गाविसहरु र उक्त दुई उम्मेदवारको समर्थनले गर्दा भुसाललाई जित्न अझ सजिलो भएको एमाले गुल्मीले जनाएको छ। नगरमा राप्रपाको करिब ५ सयभन्दा बढी मत रहेका छन् भने नयाँ शक्ति पार्टी नेपालका करिब ३ सय ५० भन्दा बढी मत रहेको पार्टीले जनाएको छ। भुसालले नगरमा आफूले जिते कुनै पनि सरकारी सुविधा नलिने बताएका छन्। उनले धार्मिक क्षेत्र रेसुंगा क्षेत्रको विकास रेसुंगा विमानस्थललाई समयमै सम्पन्न गरी सेवा विस्तार गर्ने योजना अगाडि सारेका छन्।

    अर्जुनडाँडालाई पर्यटकीयस्थल बनाउने, उनायचौरमा चिडियाघर बनाउने महत्वकांक्षी योजनाहरु राखेका छन्। भुसालले वृद्धा भत्ता बढाएर घरमै पुर्‍याउने भूमिहीनलाई लापुर्जा दिने योजना ल्याएका छन्।यो नगर विगतदेखि कांग्रेसको आफ्नो पकेट क्षेत्र हो। विगतका स्थानीय निर्वाचनमा कांग्रेसले जित्दै आएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

  • prakash kc tamghas 4

    Bhuwan dailai nai dinuparx r jitaunu parx aru t testai hun ..dilliraj t mnxe nai fataha ho bhuwan dai lai dinu hola jasari ni mero subhakamana x hjrlai best of luck

  • सामाजिक संजाल

    सम्पर्क

    थाहा खबर प्रा. लि.
    सुमार्गी बी कम्प्लेक्स
    बबरमहल- ११, काठमाडौं, नेपाल

    इमेलः
    समाचार विभाग: इमेल[email protected]
    फोन : ९७७-१- ४२६१९४१
    बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
    ९८५१०७६३३६(सञ्जय नेपाल)
    इमेल: [email protected]

    हाम्रो बारेमा

    प्रधान सम्पादक: तीर्थ कोइराला
    सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

    [विस्तृत]