काठमाडौँ : वासु शशी स्मृति परिषद्ले ३ जना स्रष्टालाई पुरस्कृत गरेको छ। काठमाडौँमा आज (मंगलवार) गीतकार किरण खरेल, साहित्यकार प्रतिसरा सायमी ...
माथिबाटै झूठो सिफारिस जान्छ
अनि पानीमा हजारौँ कोसिस जान्छ
बुहारी शृङ्गार कोठाबाट निस्कनै भ्याउँदिन
छोरो खायो नखायो गरेर अफिस जान्छ
उसको अपराधी छोरो समातिएको छ
एकछिनमा हेर्नू छुटाउन न्यायाधीश जान्छ
कसैकी छोरी बुहारीलाई बलात्कार गर
यो सरकारबाट ठूलो बक्सिस जान्छ
हरेक साँझ पर्खाइको दियो बालेर बस्छन्
बतासमा मिसिएर बाबुको आशिष जान्छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।