स्थानीय निर्वाचन २०७४ : निर्वाचन खबर

​सोलुखुम्बुको नेचा सल्यान गाउँपालिका ६ जनप्रतिनिधिविहीन वडा बन्यो

असार ६, २०७४

    सोलुखुम्बु : जिल्लाको नेचा सल्यान गाउँपालिका वडा नम्बर ६ (साविकको तिङ्ला गाविस) जनप्रतिनिधिविहीन बन्ने भएको छ। आइतबार  मनोनयन दर्ता गरेका नेपाली कांग्रेसका उम्मेदवार टंक कार्कीको वारेस नामाबाट उम्मेदवारी दर्ता भए पनि अयोग्य ठहरेपछि उम्मेदवारी रद्द भएको छ।

    यस्तै सोही वडाबाट २ जनाले स्वतन्त्रबाट उम्मेदवारी दर्ता ज्ञानबहादुर राई र हर्कबहादुर विश्वकर्माले पनि आफ्नो उम्मेदवारी फिर्ता लिएपछि उक्त वडा जनप्रतिनिधि विहीन बन्ने भएको निर्वाचन अधिकृत आनन्दराज पन्तले जानकारी दिए। उनले पठाएको वारेसनामा आधिकारिक नदेखिएको र हस्ताक्षर पनि नभएका कारण उम्मेदवारी रद्द भएको पन्तले बताए।

    तिङ्लाबासीले आफूहरुको भावना विपरीत नेचासल्यान गाउँपालिकामा समाहित गरेको प्रति असन्तुष्ट जनाउँदै निर्वाचनमा भाग नलिने अडान राख्दै आएका थिए। तर, नेपाली कांग्रेसबाट उम्मेदवारी दर्ता गराउन गएका टंक कार्कीलाई बाटैबाट तिङ्लाबासीले कब्जामा लिएर दर्ता गराउन जान रोकेको भए पनि वारेस नामाबाट उम्मेदवारी दर्ता गरिएको थियो।

    तर कार्कीको उम्मेदवारी रद्द भएपछि अन्य स्वतन्त्रबाट मनोनयन दर्ता गएकाले पनि आन्दोलनलाई सहयोग गर्ने भन्दै फिर्ता लिएका छन्। आफूहरुको माग पूरा नभएसम्म निर्वाचनमा भाग नलिने अडान राख्दै आएका तिङ्लाबासीले निर्वाचनको अन्तिम घडीमा पनि अडान कायम राखेका छन्।

    निर्वाचनमा भाग नलिने यो सम्भवत नेपालमै पहिलो वडा हो। एउटा वडाबाट अध्यक्ष, दुई जना खुला सदस्य, एक जना महिला सदस्य र एक जना दलित महिला सदस्य चयन हुने व्यवस्था छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]