स्थानीय निर्वाचन २०७४ : निर्वाचन खबर

बाँकेका एक सय एक मतदान केन्द्र अतिसंवेदनशील

असार ६, २०७४
    • विश्वराज पछल्डङ्ग्या-

बाँकेः दोस्रो चरणअन्तर्गत असार १४ मा हुन लागेको स्थानीय तह निर्वाचनलाई शान्तिपूर्ण र भयरहित बनाउन बाँके प्रशासनले बाँकेका मतदान केन्द्र र मतदानस्थललाई वर्गीकरण गरेको छ। प्रशासनले सुरक्षित, संवेदनशील र अतिसंवेदनशील मतदान केन्द्रको पहिचान गरी वर्गीकरण गरेको हो।

बाँकेका २९५ मध्ये १०१ मतदान केन्द्र सुरक्षाको दृष्टिले अतिसंवेदनशील रहेको बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले जानकारी दिए। उनले नरैनापुर, डुडुवा, खजुरा, बैजनाथ गाउँपालिकाका सम्पूर्ण मतदान केन्द्रलाई अतिसंवेदनशीलमा राखिएको बताए।

राप्ती–सोनारी र जानकी गाउँपालिकाका केन्द्रलाई संवेदनशील वर्गमा राखेको प्रमुख जिल्ला अधिकारी पन्थले बताए। नेपालगञ्ज उपमहानगर र कोहलपुर नगर क्षेत्रका केही मतदान केन्द्रलाई समेत अतिसंवेदनशील वर्गमा राखेको बताउँदै उनले क्षेत्रका लागि विशेष सुरक्षा योजना बनाएको बताए।

‘शान्तिपूर्ण र भयरहित वातावरणमा मतदान गर्न सुरक्षा व्यवस्था मिलाइएको छ, मतदान गर्नुअघि र गरिसकेपछि पनि प्रशासनले मतदातालाई सुरक्षा दिनेछ’, प्रजिअ पन्थले भने। 

आपराधिक समूहको पहिचान गरी सुरक्षा व्यवस्था

पन्थले निर्वाचनमा खलल पुर्‍याउन सक्ने तत्त्वको पहिचानसमेत गरिसकेको बताए। उनले खुला सिमानाबाट घुसपैठ हुनसक्ने र आपराधिक गतिविधि, निर्वाचनविरोधी र निर्वाचनमा सहभागी भएकै दलवीच अस्वस्थ प्रतिष्पर्धाका कारण हुने असुरक्षालाई पहिचान गरिएको बताए।

‘आपराधिक समूह, निर्वाचन बहिष्कार गर्ने र दलबीचको अस्वस्थ प्रतिष्पर्धाबाट हुनसक्ने झडपलाई मध्यनजर गरी सुरक्षा व्यवस्था मिलाइएको छ’, पन्थले भने। उनले मतदान केन्द्र र उम्मेदवारको सुरक्षाका लागि सुरक्षाकर्मी परिचालन भइसकेको पनि जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]