स्थानीय निर्वाचन २०७४ : निर्वाचन खबर
दाङः स्थानीय प्रशासनले असार ८ गतेदेखि दाङमा मदिराजन्य वस्तु बिक्री वितरणमा रोक लगाउने निर्णय गरेको छ।
मंगलबार दाङका प्रमुख जिल्ला अधिकारी मेघनाथ काफ्लेको संयोजकत्वमा बसेको जिल्ला सुरक्षा संयन्त्रको बैठकले यस्तो निर्णय गरेको हो। दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक धीरजप्रताप सिंहका अनुसार जिल्लाका कुनै पनि सार्वजनिक स्थल, होटेल, रेष्टुरेन्टलगायतका स्थानमा असार ८ गतेदेखि मदिराजन्य वस्तु बिक्री वितरणमा रोक लगाउने निर्णय भएको हो।
लगत्तै बसेको सर्वदलीय सर्वपक्षीय बैठकले राजनीतिक दलहरूबीच चुनाव प्रचार प्रसारका क्रममा कुनै पनि समस्या उत्पन्न भएमा त्यसको समाधानका लागि मुख्य निर्वाचन अधिकृतको संयोजकत्वमा जिल्लामा क्रियाशील दलका प्रमुखहरू सदस्य रहेको एउटा समिति गठन भएको एसपी सिंहले जानकारी दिएका छन्।
बैठकले निर्वाचन आचारसंहिता कडाइका साथ पालना गर्न राजनीतिक दलहरुलाई आग्रहसमेत गरेको एसपी सिंहले बताए।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।