समाज

ठूलो पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक बिहानैदेखि बन्द

नारायण ढु‌ंगाना
असार ७, २०७४

    चितवन : चितवनको नारायणगढ मुग्लिन सडकखण्ड अन्तरगत इच्छाकामना गाउँपालिका ६ चारकिलोमा बुधबार विहान खसेको पहिरोका कारण सडक अबरुद्ध भएको छ। प्रहरीका अनुसार मंगलबार राति खसेको पहिरोका कारण विहान चार बजेपछि यातायात पूर्ण रुपमा बन्द भएको हो।

    बिहानदेखि डोजरको सहयोगमा पहिरो पन्छाउने क्रम चलिरहेको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए। बेलाबेलामा पानी परिरहेकाले पहिरो पन्छाउन समस्या आउने गरेको प्रहरीले जनाएको छ।

    पहिरोका कारण यातायात बन्द हुँदा चितवनबाट काठमाडौं तथा पोखरा जाने र आउने सवारीको ठूलो लाइन लागेको छ। दुई दिन अघिपनि यहाँको कालिखोलामा पहिरो खस्दा ८ घण्टा सवारी बन्द हुन पुगेको थियो। मुग्लिन सडक विस्तारको क्रममा रहेकाले यहाँ पहिरो खस्ने क्रम चलिरहेको छ। केही महिना अघि यहाँ खुख्खा पहिरो खस्दा दुई जनाको ज्यान समेत गएको थियो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]