छापा

कतार जाने कामदार ४० प्रतिशत घटे

असार ७, २०७४

    काठमाडौं : दुई साताअघि छिमेकी मुलुकहरुले नाकाबन्दी गरेको कतारमा रोजगारीका लागि जाने नेपालीको संख्या ४० प्रतिशत घटेको छ। विभिन्न रोजगारदाता कम्पनीमा कार्यरत करिब चार लाख नेपालीमध्ये अहिलेसम्म कोही पनि समस्यामा परेको खबर सार्वजनिक नभए पनि सम्भावित जोखिमका कारढ कतार जानेको संख्या घटेको अनुमान गरिएको छ। 

    वैदेशिक रोजगारीमा जाने व्यक्तिलाई श्रम स्वीकृति जारी गर्ने गरेको वैदेशिक रोजगार विभाग, काठमाडौं कार्यालयका प्रमुख तेजराज पाण्डेले कतारमा समस्या सिर्जना भएयता श्रम स्वीकृति लिनेको संख्या ४० प्रतिशतले घटेको जानकारी दिए। ' कतारमा रहेको राजदूतावासका अधिकारीसँग कुराकानी हुँदा खासै समस्या छैन भन्ने खबर आउँछ' उनले भने ' तर श्रम स्वीकृति लिनेको संख्या घटिरहेको छ।' कतार जान दैनिक चारदेखि ६ सय युवायुवतीले श्रम स्वीकृति लिने गरेकोमा यतिखेर दैनिक दुई देखि तीनसयले श्रम स्वीकृति लिने गरेका छन्। मंगलबार २ सय ३७ जनाले अन्तिम श्रम स्वीकृति लिएको पाण्डेले जानकारी दिए।

    संकट सिर्जना भएयता दुई हजारले अन्तिम स्वीकृति लिएर रोजगारीका लागि कतार पुगेका छन्। अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको नौ महिनामा वैदेशिक रोजगारबाट प्राप्त हुने रेमिट्यान्स वृद्धिदर घटेको बेला कतारमा समस्या सिर्जनासँगै त्यता जानेको संख्या घट्न थालेपछि अर्थतन्त्र झनै प्रभावित हुने आशंका गर्न थालिएको छ। पछिल्ला वर्ष इन्धन बिक्री गरेर राम्रो आर्थिक र भौतिक प्रगति गरेको कतारलाई दुई साताअघि छिमेकी मुलुकहरुले एक्लो बनाउँदै वर्तमान सम्बन्ध तोड्ने निर्णय गरेका थिए। 

नागरिक दैनिक

राजधानी काठमाडौंबाट प्रकाशित ब्रोडसिट दैनिक पत्रिका हो ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]