छापा

नेपालमा चीनको उच्चस्तरीय भ्रमण यसै वर्ष

असार ७, २०७४

    काठमाडौं : चिनियाँ सहायक विदेशमन्त्री कोङ् सोयानयुले सन् २०१७ भित्र चीनबाट नेपालमा उच्चस्तरीय भ्रमण हुनखसक्ने संकेत गरेका छन्।

    मंगलबार परराष्ट्र मन्त्रालयमा आयोजित नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको एघारौं बैठकमा चिनियाँ सहायक विदेशमन्त्री सोयानयुले नेपालसँग उच्चस्तरीय भ्रमण आदानप्रदान बढाउन चीन इच्छुक रहेको बताएका हुन्।

    बैठकमा नेपाल–चीनबीचको राजनीतिक सम्बन्ध थप प्रगाढ बढाउने विषयमा धारणा आदान प्रदानका क्रममा चिनियाँ उच्च अधिकारीले उच्चस्तरीय भ्रमणको संकेत गरेका हुन्। 'चीनबाट निकट भविष्यमै राष्ट्रपति या प्रधानमन्त्री तहको नेपाल भ्रमण हुनसक्ने संकेत चिनियाँ पक्षको थियो', भेटमा सहभागी परराष्ट्र मन्त्रालयका एक अधिकारीले भने ।

    बैठकमा उच्चस्तरीय भ्रमण आयोजनाका लागि वातावरण बनाउन अबका दिनमा दुई देशका परराष्ट्र मन्त्रालय नियमित सम्पर्कमा रहने सहमति भएको छ ।सन् २०१६ को अक्टोबरमा चिनियाँ राष्ट्रपति सि जिनपिङ्ले नेपाल भ्रमण गर्न चाहे पनि यहाँ भएको सत्ता परिवर्तन र नेपालबाट यथोचित तयारी हुन नसकेका कारण भ्रमण रोकिएको थियो ।

    'वातावरण बनाउन सके चिनियाँ राष्ट्रपति या प्रधानमन्त्री तहको भ्रमण यसै वर्ष हुन सक्छ। भ्रमण हुने÷नहुने नेपालकै तयारीमा भर पर्छ', बैठकमा सहभागी अर्का सरकारी अधिकारीले भने। परराष्ट्र मन्त्रालयका अनुसार नेपाल-चीन सम्बन्धका राजनीतिक, आर्थिक, जनस्तरको सम्बन्धलगायत समग्र पक्षबारे बैठकमा छलफल भएको थियो। बैठकमा तातोपानी नाका पुनःसञ्चालनमा ल्याउन काम गरिरहेको चिनियाँ पक्षले जानकारी दिएको थियो ।

    'उच्चस्तरीय भ्रमण र भेटघाटलाई थप विस्तार गर्ने, आर्थिक सम्बन्धलाई अझ सुदृढ गर्ने, व्यापार, पर्यटन प्रवर्धन, लगानी, पूर्वाधार विकास, जनस्तरको सम्बन्ध विस्तारलगायत क्षेत्रमा सहयोग आदान प्रदान गर्नेबारे छलफल भयो', परराष्ट्र मन्त्रालयले विज्ञप्तिमा भनेको छ।

अन्नपूर्ण पोस्ट

राजधानी काठमाडौंबाट प्रकाशित हुने ब्रोडसिट दैनिक पत्रिका हो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]