काठमाडौं : नेपालमा उत्पादन हुने पाँच वस्तुको निर्यातमा उल्लेख्य वृद्धि भएको छ। व्यापार प्रवर्धन तथा निकासी केन्द्रको तथ्याङ्क अनुसार चालु आर्...
काठमाडौं : पछिल्लो समय मलेसियाबाट उद्दार गरी घर पठाइएका नेपाली नागरिकको संख्या १ सय ५७ पुगेको छ। सोमबार मात्रै मलेसियास्थित नेपाली दूतावासको पहलमा २८ जना नेपालीलाई घर फिर्ता गरिएको छ। हवाघ टिकट किन्न समेत रकम नभई अलपत्र परेका ती नेपालीलाई पिनांग नामक घरफिर्ती केन्द्रबाट उद्दार गरी नेपाल पठाइएको दूतावासले जानकारी दिएको छ। श्रम तथा रोजगार मन्त्रालयका अधिकारीहरुका अनुसार अलपत्र परी उद्दार गर्नुपर्ने ठूलो संख्या मलेसियामै हुने गरेको छ।
वैदेशिक रोजगार प्रवर्द्धन बोर्डका निर्देशक रघुराज काफ्लेका अनुसार धेरै नेपाली पु्ग्ने अन्य मुलुकको तुलनामा मलेसियामा बढी स्वतन्त्रता पाइनछ। अन्य मुलुकको कडा कानुनका कारण नेपालीले सानो समस्या पर्ददा पनि सजिलै भाग्न र कानुन छल्ने आँट गर्दैनन्। तर मलेसियामा धेरै कामदारले कानुन उलंघनको प्रयास गर्छन्। कामदार आफै सचेत नहुँदा समस्या पर्ने र अलपत्र हुने संख्या बढी हुने गरेको छ।
त्यसमाथि मलेसियामा नेपाली कामदारको संख्या ठूलो छ। अदक्ष कामदार जो आफ्नो कामबारे अनभिज्ञ हुने र मलेसिया पुगिसकेपछि काम गर्न नसकी भाग्ने कामदारको संख्या पनि अत्यधिक हुने गर्छ। मलेसियामा म्याद सकिएपछि अवैध रुपमा बढी समय बस्नेहरु पनि अलपत्र पर्ने सम्भावना हुने बोर्डको भनाइ छ।
मलेसियामा मात्र अहिले सात लाख नेपाली कार्यरत रहेको अनुमान छ। वैदेशिक रोजगार प्रवर्द्धन बोर्डका अनुसार मलेसियाबाहेक अन्य मुलुकबाट अलपत्र परी एकमुष्ट नेपाल फिर्ता हुने ामदारको संख्या ज्यादै काम हुने गर्छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।