समाज

निर्माणाधीन टेलिफोन टावरबाट खस्दा कामदारको मृत्यु

असार ७, २०७४

    लहान : सदरमुकाम सिरहास्थित नेपाल टेलिकम कार्यालयको परिसरमा निर्माणाधीन टावरबाट खसेर मंगलबार साँझ साढे ६ बजेतिर एक कामदारको मृत्यु भएको छ।

    मृत्यु हुनेमा बारा जिल्लाको कोल्हवी नगरपालिका ७ का २६  वर्षीय रमेश चौधरी रहेका छन्। चौधरी निर्माणाधीन टावरको करिब २० मिटरमाथि काम गर्दा गर्दै चिप्लिएर खस्दा टाउकोमा चोट लागेर गम्भीर घाइते भएका थिए ।

    चौधरीलाई तत्काल करिब सात सय मिटर दक्षिण रहेको जिल्ला अस्पतालमा उपचारका लागि भर्ना गरिएको भएपनि उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायव उपरीक्षक विश्वमणि पोखरेलले बताए।

    दुहवी स्टील प्रालिले निर्माण गरिरहेको टेलिफोन टावरमा टाउमा हेलमेट नलगाई काम गरिरहेको टेलिकम कार्यालयका प्रत्यक्षदर्शी एक कर्मचारीले बताए। उनले भने ‘ओभर कन्फिडेन्सका कारण हेलमेट समेत नलगाई काम गरिरहेका चौधरीको तल रहेको फलाममा टाउको ठोक्किएर मृत्यु भएको हो।’ चौधरीको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सिरहामा राखिएको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]