स्थानीय निर्वाचन २०७४ : निर्वाचन खबर

सही उम्मेदवार चुनेर गाउँमै रोजगारी पाउने आशामा झापाका मतदाता

असार ७, २०७४

    दमक : लामो समयपछि हुन लागेको स्थानीय तहको निर्वाचनको माहोल उम्मेदवार मनोनयनको दर्तापछि झापामा झन् व्यापक देखिएको छ। असार १४ गते हुने मतदानको मिति नजिकै जाँदा दलका उम्मेद्वारहरु अनेक उपाय गरेर मत तान्ने मेलोमा जुटिरहेका छन् भने मतदाता पनि विकास र समृद्धिको आशामा आफ्नो उम्मेदवार चुन्न आतुर देखिएका छन्।

    दोस्रो चरणको निर्वाचन नजिकिँदै गर्दा झापामा दलहरुले चुनावी प्रचार तीब्र र व्यापाक बनाएका छन्। दलहरु आफ्ना उम्मेदवारलाई जिताउन चुनावी घोषणापत्र सहित घरघर पुगेर भोट माग्न व्यस्त छन्। आफैले चुनेका प्रतिनिधिमार्फत् आफ्नो क्षेत्रको विकास गर्न झापाका मतदाता पनि आतुर देखिएका छन्। आइतबार उम्मेदवारीको मनोनयन दर्ता पछि भने झापामा छन् निर्वाचनको माहोल ब्यापक बन्दै गएको छ।

    झापाका प्रमुख दलहरुबीचनै मुख्य प्रतिस्पर्धा हुने देखिएका छ। मतदाताले भने पार्टीको घोषणापत्र भन्दा गाउँको विकास गर्न सक्ने सक्षम नेतृत्व चयन गर्ने मनसाय बनाएका छन्। आफूहरुको समस्यालाई समाधान गर्ने खालको नेतृत्वलाई यस पटक मत खसाल्ने दमक ६ का युवा रबिन विश्वकर्मा बताउछन्। उनी भन्छन्,‘ हामीले पटक पटक भोट हाल्दा पार्टी हेर्यौँ, यो पटक भने स्थानीय सरकारका लागि भोट हाल्दै छौँ त्यसैले पार्टी हेरिदैँन, हाम्रो क्षेत्रको विकास गर्न सक्ने नेतृत्व हेर्छौँ।

    युवाहरुको समस्यालाई समाधान गर्ने खालको नेतृत्व आवस्यकता परेको उनी बताउँछन्। उनी भन्छन्, ‘युवाहरु रोजगारीको शिलशिलामा विदेशिनु परेको छ, अबको नेतृत्व युवालाई यही रोजगार दिन सक्ने हुनुपर्छ।’

    देशको विकास गर्न स्पष्ट भिजन भएको मान्छे आवस्यक भएको झापा कमल गाउँपालिकाका उत्तम खड्का बताउँछन्। उनी भन्छन्,‘ अब भनेको सबै अधिकार स्थानीय तहलाई आएको छ त्यसकारण स्थानीय सरकारमा आर्थिक क्रान्ति गर्न सक्ने स्पष्ट भिजन भएको मान्छे चहिन्छ।’जिल्लामा नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टी मुख्य प्रतिस्पर्धीका रुपमा चुनावी मैदानमा देखिएका छन्।

    झापा राष्ट्रिय स्तरमा ख्याती कमाएका नेताहरुको गृहजिल्ला भएका कारण पनि झापालाई विशेष महत्वका साथ हेरिएको छ। झापा एमाले अध्यक्ष केपी शर्मा ओली, काँग्रेस नेता कृष्ण सिटौला, विश्वप्रकास शर्मा, राप्रपा महामन्त्री राजेन्द्र लिङ्देन लगायतको गृहजिल्ला हो। यहाँ उनीहरु आफ्नो प्रतिष्ठाको लडाईका रुपमा लिएर आफ्नो पार्टीलाई जिताउन कसरत गरिरहेका छन्।

    यता, जिल्ला निर्वाचन कार्यालय झापाले निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। मुख्य निर्वाचन अधिकृत सुदर्शन पाण्डेले मतदान स्थलको व्यवस्थापन, मतदान सामग्री, मतदाता शिक्षा, आवश्यक जनशक्तिलाई तालिम लगायतका काम अन्तिम बताए। ५ लाख १० हजार २ सय १६ मतदाता रहेको

    झापामा ८ नगरपालिका र ७ गाउँपालिका गरी १५ वटा स्थानीय तहमा निर्वाचन हुँदैछ। जसका लागी २ सय ८३ मतदान स्थलका तोकिएको ६ सय ३७ मतदान केन्द्रबाट मतदान हुनेछ। ती मध्ये ४८ वटा केन्द्रलाई सुरक्षा निकायले ‘अति संवेदनशील’ क्षेत्रको सूचीमा राखेर तीन तहको सुरक्षा व्यवस्था मिलाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

चिरञ्जिबी घिमिरे

घिमिरे थाहाखबरमा ०७५ माघसम्म कार्यरत थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]