राजनीति

प्रहरीको मनोबल गिराउने काम गर्दिन : गृहमन्त्री शर्मा

असार ७, २०७४

    चितवन : गृहमन्त्री जनार्दन शर्मा प्रभाकरले दोस्रो चरणको निर्वाचनका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाइएको बताएका छन्। चितवनको भरतपुरमा बुधबार प्रेस सेन्टर नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सुरक्षा व्यवस्था प्रभावकारी बनाउन कुनै कसर बाँकी नराखेको दावी गरे। प्रहरीको मनोवल गिराउने गरी आफूले काम नगर्ने समेत मन्त्री शर्माले बताए।

    निर्वाचनको माहोल बनिसकेको बताउँदै उनले असन्तुष्ट दलहरुलाई निर्वाचनमा सहभागी गराउन छलफल चलिरहेको उल्लेख गरे। गृहमन्त्रीबाट अचार संहिता उल्लंघ भएको भनी नेकपा एमालेले लगाएको आरोपको खण्डन गर्दै प्रभाकरले आचारसंहिता भित्रै रहेर काम गरेको दावी गरे।

    बुधबार चितवन आएका उनले जुनियर प्रहरी अधिकृत शिक्षालयमा भएको १७३ औं दीक्षान्त समारोहमा सहभागी  भए। उनले प्रहरीमा राजनीति र गुटवन्दी स्वीकार्य नहुने बताए। देश र जनताप्रति समर्पित भएर काम गर्न मन्त्री शर्माले प्रहरीका जुनियर अधिकृतहरुलाई निर्देशन दिए। प्रशिक्षित भएका १५० प्रहरी सहायक निरीक्षकलाई सो क्रममा प्रमाणपत्र प्रदान गरिएको थियो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]