समाज

बेपत्ता भएको १५ दिनपछि शिक्षक मृत भेटिए

असार ७, २०७४

    पर्वत : पर्वतको कुश्मा नगरपालिका १ पाङका शिक्षक नारायण पौडेल बेपत्ता भएको १५ दिनपछि बुधबार मृत अवस्थामा भेटिएका छन्। उनी बागलुङ जिल्लाको बेलबगरमा पर्ने कालीगण्डकी नदीको किनारमा भेटिएको पर्वतका प्रहरी नायव उपरीक्षक शेखर खनालले जानकारी दिए।

    तीन दिनअघि नै स्थानीयबासीले कालीगण्डकीमा शव देखेपछि प्रहरीमा खबर गरेका थिए। तर, उक्त शव सडेको अवस्थामा रहेको कारण सिधै पहिचान हुन नसक्दा तीन दिनसम्म बेबारिसे अवस्थामा प्रहरीले नदी किनारमा गाडेर राखेको थियो। बुधबार मात्र शवको शारीरिक संरचना सहितको फोटो बेपत्ता शिक्षकको परिवारमा देखाउँदा बेपत्ता पौडेलकी आमाले उक्त शव आफ्नै छोराको रहेको पुष्टी गरेकी हुन्।

    शवलाई पोष्टमार्टम गर्नको लागि धौलागिरी अञ्चल अस्पताल बाग्लुङमा ल्याइएको छ। पर्वतका डीएसपी खनालले भने आमाले शव आफ्नै छोराको हो भनेको आधारमा नै पोष्टमार्टमको लागि अस्पताल लगेको जानकारी दिए। शव सडिसकेको अवस्थामा रहेको कारण उनको हत्या भएको हो वा आत्महत्या हो भन्ने बिषयमा पूर्वानुमान गर्न कठिन रहेको र डीएनए परीक्षणको लागि नमूना पठाउने उनको भनाइ छ।

    २० वर्षीय पौडेल कुश्मा नगरपालिकाको कटुवाचौपारीमा रहेको आईबल एकेडेमीमा शिक्षकको नियुक्ति पाएको २२ दिनदेखि बेपत्ता बनेका थिए। विद्यार्थीलाई चरम यातना दिएपछि विद्यालय प्रशासनले अभिभावकसँग माफी माग्नुपर्ने भन्दै विद्यालयमा बोलाएपछि उनी सोही दिनबाट सम्पर्कविहीन भएका हुन्। शिक्षक पौडेलले विद्यालयको कक्षा परीक्षा लिने क्रममा उतीर्ण नभएको भन्दै ४ जना विद्यार्थीलाई चरम यातना दिएको विद्यालयले जनाएको छ। यातनाका कारण विद्यार्थीहरु बेहोस हुनुका साथै घाइते भएका छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]