समाज

नेपाली सेनाले इन्डोनेसियाबाट किन्दैछ सैन्य विमान

असार ७, २०७४

    काठमाडौं : नेपाली सेनाले इन्डोनेसियाबाट सैन्य विमान खरिद गर्ने भएको छ। सैन्य विमान खरिदका लागि असार २ गते इन्डोनेसियाको पीटी डिर्गान्तारा इन्डोनेसिया (पीटीडीआइ) सँग नेपाली सेनाले सम्झौता गरेको इन्डोनेसियाका मिडियाले लेखेका छन्।

    नेपाली सेनाका प्रवक्ता झंकरबहादुर कडायतले विमान खरिद सम्झौता भएको पुष्टि गरे। तर सम्झौता मिति र विमानको मूल्य भने उनले खुलाएनन्। 'विमान खरिद गर्ने सम्झौता भएको हो', उनले भने, 'यो सैनिक र सैन्य सामग्री ओसारपसार गर्ने विमान हो।'

    मंगलबार उक्त विमानको निर्माता कम्पनी पीडीटीआईले विज्ञप्ति जारी गरी नेपाली सेनाको काठमाडौंस्थित मुख्यालयमा जुन १६ (असार २) मा विमान खरिद सम्झौता भएको इन्डोनेसियाको टेम्पो डट कोले जनाएको छ। सम्झौतामा नेपाली सेनाका तर्फबाट उपरथी पूर्णबहादुर सिलवाल र पीडीटीआइका अध्यक्ष एवं निर्देशक बुडि सान्तोसोले हस्ताक्षर गरेको समाचारमा उल्लेख छ।

    समाचारमा उल्लेख भएअनुसार सहमतिपत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा नेपाली सेना हवाई महानिर्देशनालयका निमित्त महानिर्देशक सुधीर श्रेष्ठ र पीडीटीआईका आयुक्त फजार सात्रियो पनि उपस्थित थिए।

    नेपाली सेनाले अर्डर गरेको सीएन २३५-२२० सैन्य विमान सैनिकहरूको ओसारपसार, भीभीआईपी, उपचार सामग्री र अन्य सामग्री ओसारपसार गर्ने गरी डिजाइन गरिएको समाचारमा उल्लेख छ। सीएन २३५-२२० मोडेलका तीनवटा भर्सनमध्ये सेनाले 'मिलिटरी भर्सन' किन्न लागेको हो।

    विमानमा दुईवटा ढोका छन्। अगाडिको ढोका भीभीआईपी/भीआईपीहरू छिर्न तथा निस्कन र पछाडिको ढोका सैनिकहरू तथा सामान लोड गर्न मिल्छ। 'विमानमा सानो गाडी पनि विमानमा राख्न सकिन्छ', विमानको निर्माता कम्पनी पीटी डिर्गान्तारा इन्डोनेसियाका प्रवक्ता इर्ल्यान्ड बुडिमानले भनेका छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]