समाज

जाजरकोटमा सार्वजनिक शौचालय प्रयोग गर्न नदिँदा सर्वसाधारणलाई सास्ती

असार ७, २०७४
    •  दीपेन्द्र शर्मा-

 जाजरकोट : जाजरकोट जिल्लाको सदरमुकाम रहेको खलंगा बजारमा दैनिकजसो आउने सर्वसाधरणलाई जतिबेला पनि एउटा समस्याले सताउने गर्छ। दिनभरि विभिन्न कामहरु गरेर हैरान भएका तथा विभिन्न सरकारी कामले सदरमुकाम आएका नागरिकहरुलाई पानी पियो नास्ता खायो अनि  हैरानी हुन्छ दिसा पिसाबको समस्याले सारै  सताउने गर्दछ।

सर्वसाधारणका लागि बनाइएका सार्वजानिक शौचालय प्रयोगमा नल्याइँदा निकै समस्या हुने गरेको छ। दिसा पिसाबको लागि  जिल्ला सदरमुकामको बजार क्षेत्रमा बनाइएका सार्वजनिक शौचालय प्रयोग नगरी ताला लगाउँदा जिल्लाबाहिरबाट सदरमुकाम बजारमा आउने आगुन्तुकलाई मात्र होइन अन्य कामको सिलसिलामा बजारमा घुम्ने स्थानीयलाइ समेत निकै समस्या पर्ने गरेको छ।

जिल्ला सदरमुकाम खलंगा बजारमा मात्र ५० हजार जनताको स्थायी तथा अस्थायी बसाइ रहे पनि बजार क्षेत्रमा एउटा  पनि सार्वजनिक शौचालय सञ्‍चालनमा छैनन। सदरमुकाम बजारमा शौचालय बनाए पनि सञ्‍चालनमा नआउँदा यहाँका सार्वजनिक बाटोहरुमा जथाभावी दिसापिसाब गर्नाले दुर्गन्धित बढेको छ।

सदरमुकाम खलंगा बजार क्षेत्रमा प्रवेश गर्ने विभिन्न बाटोहरुमा जथाभावी दिसापिसाब  गर्नाले  ती क्षेत्रहरुमा वातावरण प्रदूषित भएको छ।खलंगा प्रवेश गर्ने थाप्ले, ठाटीवजार, शान्तिचौतारा बसपार्क, गैरीखाली लगायतका ठाउँमा आगन्तुक तथा केही स्थानीयहरुले दिसापिसाब गर्न थालेपछि समस्या आएको हो।

सदरमुकाममा आउने विभिन्न नाकाहरुमा बनाइएका सार्वजानिक शौचालयहरु प्रयोग नहुँदा सदरमुकाममा आउने सेवाग्राहीहरु खुला ठाँउमा दिसा पिसाब गर्न बाध्य भएको कुशेगाउँपालिका ३ डाँडाभौताका कैलाश रेग्मीले बताए। 'दिसा पिसाब लागेपछि कि जहाँ काम छ त्यही कार्यालयमा कि त आफू बसेको होटलमा जानुपर्छ, बजार क्षेत्रमा सार्वजनिक शौचालय बन्द हुन्छन , धेरै चापेमा बजार नजिकैको जंगलमा गएर दिसा पिसाब गर्नुपर्छ' उनले भने। 

जिल्लाको सदुमुकाममा त वनाईएका शौचालयहरु प्रयोगमा छैनन भने गाउको अवस्था के होला उनले भने। सदरमुकाम भित्र प्रवेश गर्ने मुखैमा रहेको बसपार्क र मुख्य बजारका बाटोहरुमा जता गयो उतै दिसा र पिसाबको गन्ध मात्र आउने गरेको रेग्मीले बताए।  विभिन्न योजनाका पैसा खानेतिर मात्र सबैको ध्यान छ तर राम्रो र उपयोगी काममा ध्यान नहुँदा सर्वसाधारणहरुले दु:ख पाइरहेको उनको भनाइ छ।

सदरमुकामको फोहोर व्यवस्थापन तथा सार्वजानिक शौचालयको निर्माण गरे पनि कागजमा मात्र सीमित भएको  पत्रकार वासुदेव शर्माले बताए। 'निर्माण गरिएका सार्वजनिक शौचालयहरुमा  विभिन्न वाहानामा प्रयोग नहुँदा सर्वसाधारणलाई समस्या भएको छ, यसतर्फ सरोकारवाला निकाय कसैको पनि ध्यान गएको छैन' उनले भने।

 निर्माण गरेका शौचालयहरु नगरपालिकाको जिम्मामा भएको र नगरपालिकाले शौचालयको व्यस्थापन तथा सञ्‍चालनका लागि स्थानीयलाई जिम्मा दिएकोले स्थानीयको दायित्व बढनुपर्ने र जिल्लालाई  खुला दिसामुक्त घोषणा गरिसकेकोले अब पूर्ण सरसफाइमा लाग्नुपर्ने खानेपानी तथा सरसफाइ सव-डिभिजन कार्यालय जाजरकोटका प्रमुख महेशी महतोले बताए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]