स्थानीय निर्वाचन २०७४ : निर्वाचन खबर
कालिकोट : सत्तारुढ नेपाली कांग्रेस र माओवादी केन्द्रबीच अछाममा चुनावी तालमेल गर्ने सहमति भएको छ। अछामको सदरमुकाम मंगलसेन नगरपालिकामा कांग्रेसले प्रमुख र माओवादी केन्द्रले उपप्रमुख लिएर तालमेल गरेका छन्। प्रमुखमा कांग्रेसका चन्द्रप्रसाद ढुंगाना र उपप्रमुखमा माओवादीका रोहिना भण्डारी उम्मेदवार छन्।
मंगलसेन नगरपालिकामा एमाले एक्लै प्रतिस्पर्धा गर्दैछ। प्रमुखमा एमालेले पदमबहादुर बोहोरा र उपप्रमुखमा सरिता उपाध्यायलाई उम्मेदवार बनाएको छ।
बान्नीगढी गाउँपालिकामा पनि कांग्रेस र माओवादीबीच तालमेल भएको छ। अध्यक्षमा कांग्रेसका राजेन्द्र खड्का र उपाध्यक्षमा माओवादीका लोकेन्द्र साउद उम्मेदवार बनेका छन्। मल्लेख गाउँपालिकामा भने माओवादीका लोकबहादुर बोहोरा र उपाध्यक्षमा कांग्रेसका धनबहादुर बोहोरा उम्मेदवार बनेर तालमेल भएको छ।
कांग्रेसबाट बागी
बिनायक नगरपालिकामा कांग्रेसका पूराना नेता सुरेन्द्र बिष्ट प्रमुख पदमा बागी उम्मेदवार बनेका छन्। साँफेबगर नगरपालिकामा पनि कांग्रेस नेता तथा किसान संघका जिल्ला अध्यक्ष ललितबहादुर कुँवर बागी उम्मेदवार बनेका छन्।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।