खेलकुद

पाकिस्तानसँग हारेपछि भारतीय प्रशिक्षक र कप्तानबीचको विवाद बाहिरियो

कोहलीको असन्तुष्टिपछि कुम्बलेले दिए राजीनामा

असार ७, २०७४

    च्याम्पियन्स ट्रफी २०१७ को फाइनल खेलमा पाकिस्तानसँग १ सय ८० रनको हार व्यहोरेको भारतीय क्रिकेट टिमका मुख्य प्रशिक्षक अनिल कुम्बलेले राजीनामा दिएका छन्। भारतीय क्रिकेट टिमको मुख्य प्रशिक्षकका रुपमा एकवर्ष नेतृत्व गरेका कुम्बलेले विराट कोहलीसँगको विवादका कारण राजीनामा दिनुपरेको हो।

    प्रशिक्षक अनिल कुम्बले र कप्तान विराट कोहलीबीच च्याम्पियन्स ट्रफी सुरु हुनुभन्दा पहिल्यै विवाद सुरु भएको थियो। कुम्बलेको प्रशिक्षण गर्ने शैलीमा कोहलीको आपत्ति रहेको थियो। उनले कुम्बलेप्रतिको असन्तुष्टि भारतीय क्रिकेट बोर्डलाई बताउँदै मुख्य प्रशिक्षकबाट हटाउन पनि माग गरेका थिए।

    प्रशिक्षणका क्रममा कुम्बले खेलाडीलाई कठीन परिश्रम गराएका कारण विराट लगायत खेलाडी कुम्बलेको विरुद्धमा रहेको बताइएको छ। मुख्य प्रशिक्षकबाट राजीनामा दिइसकेका कुम्बले वेष्टइन्डिज र भारतबीच हुन गइरहेको खेलमा पनि सहभागी नहुने भएका छन्। भारतीय क्रिकेट टिम कुम्बले बिना बेलायतबाट वेष्टइन्डिजतर्फ लागेको छ। भारत र वेस्टइन्डिजबीच शुक्रबारबाट पाँच एकदिवसीय खेल हुन गइरहेको छ। भारतीय क्रिकेट बोर्डले नयाँ कोचका लागि आवेदन माग गरेको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]