काठमाडौं : कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा अहिले सामान्य वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनु...
चितवन : गएको माघमा चिडियाघरबाट स्थानान्तरण गरेर चितवन राष्ट्रिय निकुञ्जमा ल्याइएका दुईवटा अर्ना मरेका छन्। गएको माघ महिनामा कोशीटप्पुबाट र चिडियाखानाबाट गरी १५ वटा अर्ना स्थानान्तरण गरेर ल्याइएको थियो। त्यसमध्ये चिडियाखानाबाट ल्याइएको एकजोडी अर्ना भने मरेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्काले जानकारी दिए।
उनका अनुसार मरेकामा एउटा भाले र एउटा पोथी छन्। ‘भाले अर्ना अर्को जंगली भालेसँग जुधेर मरेको हो, पोथी चाहिं विरामी भएर मर्यो,’ खड्काले भने, ‘पोथीलाई डाइट नमिलेर हो कि?’
दुईवटा अर्ना मरेसँगै अब चितवन निकुञ्जको पुर्वी सेक्टर अन्तर्गत पुरानो पदमपुरमा रहेको इन्क्लोजर (खुलाखोर) भित्र अब स्थानान्तरण गरिएका १३ वटा अर्ना छन्। यसअघि शुक्लाफाँटाबाट ल्याइएका ७ बाह्रसिंगेमध्ये ३ वटा पनि मरेको थियो।
चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी नुरेन्द्र अर्यालले पोथी अर्ना गएको गत विहीबार र र भाले चाहिं एकहप्ता अघि नै मरेको जानकारी दिए। प्राकृतिक दुर्घटना, रोगको प्रकोप लगायत कारणले वन्यजन्तुहरु मासिन सक्ने हुँदा वंश संरक्षण गरी संख्या वृद्धिका लागि चितवनमा अर्ना र बाह्रसिंगे ल्याइएको थियो। चितवनबाट विभिन्न क्षेत्रमा गैडा स्थानान्तरण गरिंदै आएको छ।
निकुञ्जका पुर्वी सेक्टर प्रमुख तथा सहायक संरक्षण अधिकृत अभिनय पाठक स्थानान्तरण गरिएका मध्य ६८ प्रतिशत मात्रै सफल हुने अध्ययनले देखाएको बताउँछन्। विकासित देशमा भने स्थानान्तरण प्रक्रिया बढी हुने र बर्षमा विश्वमा ७०० जति स्थानान्तरण हुने उनले जानकारी दिए।
गएको माघ महिनाको १४ देखि २७ सम्म गरेर यहाँ १५ अर्ना ल्याइएको थियो। कोशीटप्पु वन्यजन्तु आरक्षबाट १२ र चिडियाघरबाट ३ अर्ना आएको थियो। जसमा कोशीबाट २ र चिडियाखानाबाट १ गरी तीन भाले ल्याइएका थिए। कोशीबाट चिडियाखानामा पनि एक भाले अर्ना पठाइएको थियो।
कोशीमा अर्नाको वंश संरक्षणमा चुनौती देखिएकाले यसको संरक्षणका लागि चितवनमा अर्ना ल्याइएको चितवन निकुञ्जका प्रमुख रामचन्द्र कँडेलको भनाइ छ। सप्तरी स्थित पत्थरीपोष्ट क्षेत्रबाट अर्ना चितवन ल्याइएको थियो।
चितवनको सौराहा स्थित पुरानो पदमपुर क्षेत्रमा ३० हेक्टरको क्षेत्रफलमा खुलाखोर बनाएर अर्ना राखिएको छ। सो क्षेत्रमै शुक्लाफाँटाबाट ल्याईएको ४ बाह्रसिंगे पनि छन्।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।