अर्थ

भूकम्प प्रभावितलाई आजदेखि ट्याक्सी नम्बर वितरण सुरु

असार ७, २०७४

    काठमाडौं : सरकारले भूकम्प प्रभावित परिवारलाई सहुलियतमा उपलब्ध गराउने गरी ट्याक्सी नम्बर वितरण बुधबारदेखि सुरु गरेको छ। ललितपुरको च्यासलस्थित फुटबल मैदानमा गोलाप्रथाद्वारा भूकम्प प्रभावितका परिवारलाई ट्याक्सी नम्बर वितरण कार्यको सुरुवात गरिएको हो।

    पहिलो दिन काभ्रे, नुवाकोट र रामेछापका भुकम्प प्रभावितलाई ट्याक्सी नम्बर वितरण गर्न लागिएको हो। त्यसैगरी बिहीबार दोलखा, सिन्धुली र सिन्धुपाल्चोक तथा शुक्रबार काठमाण्डौ, ललितपुर, भक्तपुर, धादिङ, गोरखा, रसुवा , मकवानपुर र ओखलढुङ्गा जिल्लामा वितरण गरिने यातायात व्यवस्था विभागले जानकारी दिएको छ।

    सरकारले २०७२ साल वैशाख १२ गतेको भूकम्पबाट प्रभावित १४ जिल्लाका परिवारलाई सहुलियतमा ट्याक्सी उपलब्ध गराउने घोषणा गरेको थियो। सरकारको यो निर्णय अनुसार काभ्रेका २ सय १, नुवाकोटका १ सय २५, रामेछापका १ सय ६५, दोलखाका २ सय १४, सिन्धुलीका ४६, सिन्धुपाल्चोकका २ सय ५३, काठमाण्डौका ९५, ललितपुरका ७२, भक्तपुरका ४३, मकवानपुरका ३१, धादिङका १ सय १७, ओखलढुगाका ३०, गोरखाका ७८ र रसुवाका ३० भुकम्प प्रभावित परिवारले ट्याक्सी नम्बर पाउने छन्।

    सरकारी निर्णय अनुसार यातायात व्यवस्था विभागले ती जिल्लामा १५ सय वटा ट्याक्सी नम्बर वितरण गर्न साउन ५ देखि भदौ ५ गते सम्म निवेदन आव्हान गरेको थियो। १ लाख ५१ वटा आवेदन मध्येबाट विभागले १ लाख ४९ हजार ५ सय ५१ जनाको नाम सूचीमा निकालेको थियो। आवेदकको संख्या बढेपछि सरकारले गोलाप्रथाबाट १५ सय ट्याक्सी नम्बर वितरण गर्न लागेको हो। विभागका अनुसार नम्बर पाएपछि भूकम्प प्रभावितहरु आफैले पैसा तिरेर किन्ने वा बैंक मार्फत किन्ने भन्ने निर्णय स्वयंले गर्नुपर्नेछ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]