स्थानीय निर्वाचन २०७४ : निर्वाचन खबर

दाङमा १ सय ३६ मतदानकेन्द्र संवेदनशीलको सूचीमा

असार ७, २०७४

    दाङ : दाङमा स्थानीय तह निर्वाचनका लागि कायम गरिएका १ सय ५१ मतदानस्थलमध्ये १ सय ३६ स्थललाई यहाँको सुरक्षा प्रशासनले संवेदनशीलको सूचीमा राखेको छ।जिल्ला सुरक्षा समितिले विभिन्न सुरक्षा चुनौतीका कारण सबैभन्दा धेरै १ सय ३६ मतदानस्थललाई संवेदनशीलको सूचीमा राखेको हो।

    जिल्ला सुरक्षा समितिले ४ मतदानस्थललाई अति संवेदनशील, १ सय ३६ मतदानस्थललाई संवेदनशील र ११ मतदानस्थललाई सामान्यको सूचीमा राखेको दाङका प्रमुख जिल्ला अधिकारी मेघनाथ काफ्लेले जानकारी दिए। नेपाल कम्युनिस्ट पार्टीले चुनावको खारेजीको माग गर्दै आएको अवस्थालाई मध्यनजर गर्दै मतदानस्थलको सुरक्षाको वर्गीकरण गरिएको उनले बताए।

    मुख्य गरी यहाँको सुरक्षा प्रशासनले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले चुनाव भाँड्न सक्ने खतरा रहेको भन्दै सुरक्षा सतर्कतामा विषेश ध्यान दिएको बताएको छ। मतदानस्थलाई विशेष गरी नेपाल भारतको सिमानाका, मुख्य बजारहरु भन्दा टाढाका मतदानस्थलहरुलाई अति संवेदनशील र संवेदनशीलमा वर्गीकरण गरिएको छ।

    सुरक्षा समितिको बैठकले पनि नेपाल भारतको खुला सिमानाका र सडक सञ्जाल पुग्न नसकेको स्थलहरुलाई अति संवेदनशीलको सूचीमा राखेको जनाएको छ। सुरक्षा समितिका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी काफ्लेले भारतसगँको खुला सीमा रहेको कारण पनि त्यस क्षेत्रका मतदानस्थललाई अति संवेदनशीलमा वर्गीकरण गरिएको बताए।

    त्यसैगरी, निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै जिल्लामा करिब २३ सय सुरक्षाकर्मी परिचालन हुने भएका छन्। सुरक्षाकर्मीले प्रत्येक मतदानस्थललाई ३ घेरामा सुक्षा दिनेछन्। जसमा पहिलो घेरामा अर्थात मतदान स्थलमा म्यादी प्रहरी र नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरा बाहिर नेपाली सेनाले पेट्रोलिङ गस्ती गर्ने छ। यो सँगसँगै राष्ट्रिय अनुसन्धान विभाग पनि मतदानस्थलमा गोप्य रुपमा खटिनेछ।चुनावका लागि ९ सय नेपाल प्रहरी, एक

    हजार सशस्त्र र १३ सय म्यादी प्रहरी सुरक्षामा खटिनेछन्। जिल्लामा १ सय ५१ वटा मतदानस्थल रहेको दाङमा ३ सय ५१ वटा मतदान केन्द्र छन्। २ लाख लाख ९१ हजार १ सय ५० जना मतदाता रहेका छन्। यो निर्वाचनबाट ती १० तहमा ५ सय २० जना जनप्रतिनिधीहरु चुनीने छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]