अर्थ

समयमै काम पूरा गर्न एडीबीलाई सरकारले गरायो सचेत

असार ७, २०७४

    काठमाडौं : सरकारले एसियाली विकास बैंक (एडीबी) लाई समयमै आफ्नो जिम्मेवारी पूरा गर्न सचेत गराएको छ।

    अर्थ सचिव शान्तराज सुवेदीले एडीबीले कुनै पनि परियोजना समयमै सम्पन्न नगरेर सेवाग्राहीलाई मारमा परेको उल्लेख गर्दै अब त्यसो नगर्न सचेत गराएका हुन्। उनले मेलम्चीको खानेपानी दशैंपछि काठमाडौं आउने व्यवस्था गर्ने हो/होइन्, त्यसको तत्काल जवाफ दिन पनि एडीबीसँग आग्रह गरे।

    बुधबार काठमाडौंमा आयोजित एडीबीको अनुदानमा सञ्चालित परियोजनाहरुको पुनर्विचारसम्बन्धि कार्यक्रमलाई सम्बोधन गर्दै अर्थ सचिव सुवेदीले समयमै परियोजनाहरू सम्पन्न नहुँदा नेपाल र नेपाली जनतामा व्ययभार बढने गरेको पनि उल्लेख गरे। उनले एडीबीद्वारा सञ्चालित धेरै परियोजनारू सयममै पूरा नहुँदा सरकार आफै अप्ठयारोमा परिरहेको गुनासो पनि गरे।

    कार्यक्रममा उनले एडीबीलाई आवश्यक सबैखाले सहयोग गर्न सरकार तयार रहेको उल्लेख गर्दै समयमै आफ्नो जिम्मेवारी पूरा गर्न एडीबीलगायतका विकास साझेदार संस्थाहरूलाई आग्रह पनि गरे। अर्थ सचिव सुवेदीले भूकम्पपछिको पुनर्निर्माणको काममा ढिलाई हुनुमा पनि विकास साझेदार संस्थाहरू बढी जिम्मेवार रहेको आरोप लगाए।

    एडीबीले नेपालको विभिन्न परियोजनामा आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको छ। तर समयमा ती परियोजनाहरू पूरा हुन भने सकेका छैनन्। सरकारले विकास साझेदार संस्थाहरूलाई समयमै आफनो काम पूरा गर्न सचेत गराउँदै आएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]