स्थानीय निर्वाचन २०७४ : निर्वाचन खबर

बाबुले पनि भोट नमाग्दिएको स्वतन्त्र उम्मेदवारको गुनासो

रेसुङ्गा नगरपालिका प्रमुखका स्वतन्त्र उम्मेदवार पन्थीका यस्ता छन् योजना

असार ७, २०७४
    • अनिल खत्री

गुल्मी : असार १४ गते हुने स्थानीय तह निर्वाचनमा गुल्मीको रेसुङ्गा नगरपालिकाको प्रमुखमा तीनजना स्वतन्त्र उम्मेदवार छन्। ती मध्ये एक हुन्- अजय पन्थी।

स्वतन्त्र उम्मेदवारका रुपमा निर्वाचनमा होमिएका पन्थीले आफ्ना चुनावी एजेन्डा सार्वजनिक गरेका छन्। बुधबार सदरमुकाम तम्घासमा पत्रकार सम्मेलन गरेर पन्थीले शिक्षा/स्वास्थ्य सुविधासहितको समृद्ध नगर बनाउने घोषणा गरेका छन्।

२४ बुँदे चुनावी एजेन्डामा पन्थीले भ्रष्टाचार मुक्त नगर बनाउने एजेन्डालाई प्राथमिकताका साथ उठाएका छन्। भ्रष्टचार रोक्न विशेष अनुगमन समिति गठन गर्नेदेखि नगरभित्र अतिक्रमण भएका सरकारी जग्गाहरू सरकारी स्वामित्वमा ल्याउनेसम्म उनका योजनामा छन्।

राजनीतिमा गुटतन्त्र, लुटतन्त्र, झुटतन्त्र हावी भएको दावी गर्दै उनले त्यसको अन्त्यका लागि आफूले उम्मेदवारी दिएको बताए। ‘आफनै छोरो उम्मेदवार बन्दा बुबा भोट माग्न हिँडदैनन्। कस्तो खालको राजनिति हावी भयो?’, उनको प्रश्न थियो, 'छोराको सही विचारको आफ्नै बाबुले पनि कदर गर्दैन्। जनता राजनीति लिप्त बन्दा देशले फड्को मार्न सकेन।'

दलीय गुट उपगुटका कारण राम्रा उम्मेदवार र उनीहरूले उठाएका एजेन्डा पछि परेको उनले बताए। 'उम्मेदवार हेरिँदैन। उसको एजेन्डा हेरिँदैन', पन्थीले भने, ‘उसको विचार र नीति भन्दा पनि राजनीतिलाई माथि ठान्ने गलत प्रवृत्ति हावी भयो।’

राजनितिमा आरोपप्रत्यारोप र गालीगलौज मात्र चलेको भन्दै उनले थपे- ‘मासु मदिरा र दलीय राजनीतिभन्दा माथि उठ्न नसक्नुले भावी पुस्ताको निमित्त चुनौती थपेको छ।’

अन्य दलले जनतालाई भोटमात्र मानेकाले जनतादाई असली मालिक बनाउन आफूले उम्मेदवारी दिएको पन्थीको दावी छ। ‘राजनितिक दलले जनतालाई मेरो र तेरो भोट भनेका छन्। के जनता भेडा हुन् र?’, उनको प्रश्न छ, 'जनता स्वतन्त्र बन्ने पनि अधिकार छ। जनतालाई दास होइन, मालिक बनाउनुपर्छ।'

एक वर्षअघिसम्म नेपाली कांग्रेस आवद्ध उनले कृषिको आधुनिकरणमा जोड दिएका छन् भने युवाहरूलाई स्वरोजगारको व्यवस्था गर्ने बताएका छन्।

प्रदेश नम्बर ५ मा पर्ने गुल्मीमा दुई नगरपालिकासहित १२ वटा स्थानीय तह छन्। रेसुङ्गा नगरपालिकाको प्रमुखमा तीन स्वतन्त्रसहित ६ जना उम्मेदवार छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]