काठमाडौं : बागमती र गण्डकी प्रदेशको पहाडी भूभागको एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशका ...
पर्वत : पोखरा-मुस्ताङ सडकको स्तरोन्नति गर्न एसियाली पूर्वाधार लगानी बैंक (ए.आइ.आइ.बी.) ले लगानी गर्ने तत्परता देखाएको छ। प्रदेश नं ४ लाई उत्तरी छिमेकी चीनको स्वशासित क्षेत्र तिब्बतसँग जोड्ने कोरला नाकासम्म सडक पुर्याउन पोखरा-पर्वत-बेनी-मुस्ताङ सडक निर्माण गर्न ए.आइ.आइ.बी.ले लगानी गर्ने प्रतिबद्धता जनाएको हो।
दक्षिण कोरियामा सम्पन्न बैंकको बोर्ड अफ गभर्नर्सको दोस्रो बैठकमा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ए.आइ.आइ.बी.का अध्यक्ष जिन लिक्युनसँग राखेको प्रस्तावमा लिक्युनले सडकको विस्तृत परियोजना प्रतिवेदन डि.पि.आर. पेस गर्न अनुरोध गर्दै लगानीको प्रतिबद्धता जनाएका हुन। लिक्युनले सडकको विस्तृत परियोजना प्रतिवेदन डि.पि.आर. पेस गर्न भनेका छन।
सो सडक निर्माण गर्न करिब २० अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ। मुस्ताङ–पोखरा सडक स्तरोन्नति गर्न पटक-पटक गरेको आग्रहको सम्बोधन हुने आस जागेको नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं व्यवस्थापिका संसद सदस्य अर्जुनप्रसाद जोशीले जानकारी दिए। उक्त सडकको कोरलादेखि जोमसोमसम्म करिब सय किलोमिटर र जोमसोमदेखि म्याग्दीको बेनीसम्म ७६ किलोमिटरमात्र ट्रयाक खुलिसकेको छ।
बेनी-पोखरा सडक कालोपत्रे भए पनि स्तरोन्नति र विस्तार गर्नुपर्नेछ। सरकारले कोरला नाका खोल्न पहल गरिरहेको अवस्थामा सीमा क्षेत्रसम्म सडक पुर्याउन संसदको विकास समितिले पनि यसअघि सरकारलाई निर्देशन दिएको थियो। सो सडकमा म्याग्दीको रुप्से खोलामा र मुस्ताङ जिल्लाभित्र कालीगण्डकी नदीमाथि जोमसोम तथा छुसाङको चैलेमा तीन वटा मोटरेबल पुल निर्माणाधीन अवस्थामा छन्। बेनी-जोमसोम सडक नेपाली सेनाले करिब ५६ करोड रुपैयाँ खर्चेर ट्रयाक खोलेको थियो।
पोखरा-मुस्ताङ सडक खण्ड साँघुरो र जीर्ण भएको कारण दुर्घटनाको जोखिम बढेको थियो। ७३ किलोमिटर लामो बागलुङ-पोखरा सडकमा ठाउँठाउँमा खाल्डाखुल्डी परेका छन्। बाग्लुङ-पोखरा सडक धौलागिरी अञ्चलका चार जिल्ला प्रवेश गर्ने एक मात्र राजमार्ग हो।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।