समाज

मृतकका आफन्तद्वारा अस्पताल तोडफोड

असार ७, २०७४
    • लक्ष्मी गारु-

भक्तपुरः मध्यपुर थिमि- ३ गठ्ठाघरमा रहेको नागरिक सामुदायिक अस्पतालमा तोडफोड भएको छ। 

अस्पतालमा उपचारका लागि आएका एक बिरामीको उपचारका क्रममा मंगलबार राती मृत्यु भएपछि पीडितका आफन्तले बुधबार अस्पताल तोडफोड गरेका हुन्। 
तोडफोडबाट अस्पतालको काउन्टर, इमरजेन्सी वार्ड, ईसीजी वार्ड र ल्यावमा क्षति पुगेको जनाइएको छ।

मंगलबार साँझ ७ बजे पेट दुखेको भन्दै उपचारका लागि आएका ३२ वर्षकी उषा बस्नेतको ९ बजे मृत्यु भएको थियो। अस्पतालले उनको मृत्यु हृदयाघातका कारण भएको दाबी गरेको छ। अस्पताल सञ्चालक समितिका उपाध्यक्ष सुरेश श्रेष्ठले अस्पतालले कुनै लापरवाही नगरेको दाबी गरे। उनले अस्पतालको लापरवाहीले मृत्यु भएको भए आफूहरू क्षमायाचना गर्न तयार रहेको बताए। 

उता, मृतकका १४ वर्षका छोरा सम्राट बस्नेतले अस्पतालको लापरवाही र गलत उपचारले आमाको मृत्यु भएको दाबी गरेका छन्। मृतकका भिनाजु बलराम खड्काले भने हल्का पेट दुखेर अस्पतालमा उपचारका गर्न आएकालाई भर्ना हुनुपर्छ भनी भर्ना गरी ईसीजी र पे्रसर सबै सामान्य छ भनेर पछि अचानक हृदयाघातले मृत्यु भएको खबर दिइएको बताए। ‘यदि अस्पतालले गलत उपचार नगरेको भए रिपोर्टमा सामान्य छ भन्ने अनि अचानक कसरी मृत्यु भयो?, उनले भने।

अस्पतालले मृत्यु हुनुका रिपोट अहिलेसम्म देखाउन नसकेको उनले बताए। ‘अस्पतालले कि मर्नुको कारण देखाऊ कि अस्पतालले गलत उपचार गरेको स्वीकार भन्ने हाम्रो माग हो’, उनले भने। 

सञ्चालक समितिका उपाध्यक्ष श्रेष्ठले अहिले मृतकका आफन्त र अस्पताल प्रशासनबीच वार्ता भइरहेको जानकारी दिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]