स्थानीय निर्वाचन २०७४ : निर्वाचन खबर

उदयपुरमा ३९१ पदका लागि १५ सयभन्दा बढी उम्मेदवार चुनावी मैदानमा

१९ जनाको उम्मेदवारी फिर्ता, एक दलित महिला वडा सदस्य निर्विरोध

असार ७, २०७४

    उदयपुर : आसन्न स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा उदयपुरमा १ हजार ५८२ जना उम्मेदवार चुनावी मैदानमा छन्। उदयपुरमा ३९१ जना जनप्रतिनिधिको लागि १ हजार ५८२ जनाले उम्मेदवारी दिएको प्रमुख निर्वाचन अधिकृत महेन्द्रबहादुर कार्कीले जानकारी दिए।  

    उदयपुरका ४ नगरपालिका र ४ गाँउपालिका गरी ८ स्थानीय तहमध्ये त्रियुगा नगरपालिकामा सबैभन्दा धेरै उम्मेदवारी परेको छ। त्रियुगाबाट प्रमुख, उपप्रमुख र वडा अध्यक्षमा ४०९ जनाले उम्मेदवारी दिएका छन्। त्रियुगा नगरपालिकाबाट ८२ जना प्रतिनिधि निर्वाचित हुनेछन्।

    यस्तै १४ वडा रहेको कटारी नगरपालिकामा ७२ प्रतिनिधिका लागि २६८ जनाले उम्मेदवारी दिएका छन्। १० वडा रहेको चौदण्डीगढी नगरपालिकामा ५२ जना जनप्रतिनिधिका लागि २५४ जनाको उम्मेदवारी परेको छ।

    ९ वडा रहेको बेलका नगरपालिकामा ४७ जना जनप्रतिनिधिका लागि १९४ जनाले उम्मेदवारी दिएका छन्। त्यसैगरी ५ वटा वडा रहेको ताप्ली गाँउपालिकामा २७ जना जनप्रतिनिधिका लागि ८९ जनाले उम्मेदवारी दिएका छन्।

    सुनकोशी गाँउपालिकामा ९३ जना, उदयपुरगढी गाँउपालिकामा १ सय ३७ जनाले उम्मेदवारी दर्ता गराएको जनाएका छन्। हरेक नगरपालिका तथा गाउँपालिबाट एक/एकजना प्रमुख र उपप्रमुख निर्वाचित हुन्छन्। यस्तै वडाध्यक्ष, दलित महिला सदस्य, महिला सदस्य र दुई खुल्ला सदस्य गरी प्रत्येक वडाबाट ५ जना निर्वाचित हुनेछन।

    निर्वाचन पश्चात् गठन हुने गाउँ सभा र नगर सभाले थप जनप्रतिनिधि चुन्नु पर्ने व्यवस्था छ।

    ८ तहबाट १९ जनाको उम्मेदवारी फिर्ता

    उदयपुरमा १ लाख ७६ हजार ४६१ मतदाता छन्। निर्वाचनका लागि उदयपुरमा ९८ मतदानस्थल र २२२ मतदान केन्द्र तोकिएको जिल्ला निर्वान कार्यालयले जानकारी दिएको छ। उदयपुरका स्वतन्त्र तथा दलका उम्मेदवारलाई निर्वाचन चिह्‍न दिने काम सकिएको छ।

    १ हजार ६१ जनाले मनोनय दर्ता गराएको भए पनि मंगलबार विभिन्न पदका १९ जनाले आफनो मनोनय फिर्ता लिएको जिल्ला निर्वाचन कार्यालय उदयपुरले जानकारी दिएको छ। रौतामाई गाँउपालिकामा अध्यक्षको टिकट नपाएपछि नेपाली कांग्रेसबाट बागी उम्मेदवार दर्ता गराएका महेन्द्रप्रसाद सिग्देल र स्वतन्त्र उम्मेदवारी दिएका एमालेका होमबहादुर दाहालले उम्मेदवारी दर्ता फिर्ता लिएका छन्।

    एक दलित महिला वडा सदस्य निर्विरोध

    नेकपा एमालेबाट रौतामाई गाउँपालिका वडा नम्बर १ को दलिततर्फको वडा सदस्यकी उम्मेदवार  तिलुमाया विक निर्विरोध निर्वाचित भएकी छिन्। प्रतिस्पर्धी नेपाली कांग्रेसकी  अमृता माया विकले मंगलबार उमेदवारी फिर्ता लिएपछि तिलुमाया निर्विरोध भएकी हुन्।

    रौतामाई गाउँपालिकाका निर्वाचन अधिकृत शंकरराज लुइँटेलले कांग्रेस उमेदवार फिर्ता लिएपछि निर्विरोध भएको बताए। ‘दुई पार्टीबाट दुई जनाको मात्र उम्मेदवार परेको थियो’, उनले भने, ‘त्यसमा कांग्रेसका उमेदवारले फिर्ता लिईपछि तिलुमाय निर्विरोध भएकी हुन्।’

विदुर कटुवाल

कटुवाल ०७६ असोजसम्म थाहा खबरका उदयपुर समाचारदाता थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]