स्थानीय निर्वाचन २०७४ : निर्वाचन खबर

वैशाखी टेकेर चुनावी मैदानमा ओर्लिए नवराज

असार ७, २०७४

    ओखलढुंगा : अपांगता भएकालाई  समाजमा हेर्ने दृष्टिकोणलाई ओखलढुंगामा एक अपांग उदाहरण बनेका छन्। आफू अपांग भएर पनि नेपाल पत्रकार महासंघ ओखलढुंगाका साधारण सदस्य रहेका नवराज खड्काले सुनकोसी गाँउपालिका ३ मा माओबादी केन्द्रका तर्फबाट वडा अध्यक्षमा उम्मेदवारी दिएर समाजमा उदाहरणीय बनेका हुन्। जन्मँदै अपांगता भएर जन्मेका खड्काको एउटा खुट्टा सुकेको छ। उनी वैशाखीको साहयताले हिँडडुल गर्छन्।

    के छन् त चुनावी एजेन्डा?

    स्थानीय तहलाई शक्ति सम्पन्न बनाई संविधान कार्यन्वयनका लागि उम्मेदवारी दिएको उनको भनाइ छ। ओलढुंगाको सुनकोसी गाउँपालिका ३ साबिकको सिस्नेरी वडा नं ३ मा २०४५ सालमा जन्मिएका खड्का २०५८ सालमा अखिल क्रान्तिकारीको सदस्ता लिएसँगै राजनीतिक जीवन सुरु गरेको बताउँछन्।

    उनी आफूले एसएलसी सक्दा नसक्दै जिल्लाको विद्यार्थी नेता बनिसकेका थिए। आफू अपांग भएको र राजनीतिमा चासो भएकै कारण कक्षा १२ को अध्ययन गर्दै गर्दा ओखलढुंगामा  नेकपा माओवादी जिल्ला कमिटी सदस्यसमेत भएको उनको भनाइ छ।

    आफूले गाउँपालिकामा युवाहरुलाई वैदेशिक रोजगारीका निम्ति विदेश नजान प्रोत्साहन गर्नका लागि  स्वरोजगारका लागि  कृषिमा आधुनिकीकरणमा जोड दिने, खानी उत्खनन् गर्नका लागी पहल गर्ने पर्यटन बिकास, जडीबुटी खोज तथा प्रशोधनका लागि पहल गर्ने जस्ता एजेण्डा लिएर मैदानमा होमिएको बताउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]