स्थानीय निर्वाचन २०७४ : निर्वाचन खबर

चुनाव जित्‍न ७८ वर्षीय रत्नबहादुरले यसरी देखाए जोसजाँगर

असार ७, २०७४

    ओखलढुंगा : ओखलढुंगाको चम्पादेवी १ मा ७८ वर्षीय रत्न बहादुर सार्कीले वडा सदस्यको उम्मेदवारी दिएका छन्। नेपाली कांग्रेसको तर्फबाट उम्मेदवारी दिएका उनले आफूले जित्ने दाबी पनि गरेका छन्।

    १९९५ सालमा ओखलढुंगाको पलापु वडा नं १ मा जन्मिएका सार्की अहिले चम्पादेवी गाउँपालिका वडा नं १ का स्थायी बासिन्दा हुन्। उमेरले ७८ वर्ष भए पनि रत्नबहादुर को जोसजाँगर युवाको जस्तै देखिन्छ। उनी ओखलढुंगेली युवाका लागी एक उदाहरणीय पात्र बनेका छन्। उनलाई अझै पनि पत्रिका पढ्नका लागि कुनै अफ्ठ्यारो हुदैन युवाहरुकै सरह पढ्न सक्छन्।

    चुनाव जित्नेमा के भन्छन् रत्नबहादुर?

    रत्नबहादुर हेर्दा गाला चाउरी परेका भए पनि हट्टाकट्टा युवा जस्ता देखिन्छन्। उनी आफूलाई जनताको काम गर्ने धोको भएको बताउँछन्। जनताको काम गर्ने धोको भएकै कारणले वडा सदस्यमा उम्मेदवारी दिएको उनी बताउँछन्। आफूलाई पुष्पलालले  कम्युनिस्‍ट पार्टीको सदस्य बनाएको बताउने पुराना कम्युनिस्‍ट कार्यकर्ता

    रत्नबहादुर यस पटक भने यहाँका कम्युनिस्‍टहरुले वास्ता नगरेका कारण नेपाली कांग्रेसबाट उम्मेद्वार बनेको बताउँछन्। आफूले यसभन्दा अगाडिको स्थानिय चुनावमा सहयोग गरेकै कारण पलापुमा कम्युनिस्‍ट पार्टीले जितेको बताउने रत्नबहादुर यस पटक फरक राजनीतिक दलले विजय हासिल गर्नेमा निश्चिन्त भएको बताउँछन्।

    आफूले विगतमा पनि जनताको काम गरेको र अब पनि काम गर्ने भएको हुदा आफूले विजय हासिल गर्नेमा उनी ढुक्क छन्।वृद्धहरुले युवाहरुलाई अगाडि बढाउनुपर्ने बेलामा आफैं उम्मेदवार किन बन्नुभएको? भन्ने प्रश्नमा रत्नबहादुर भन्छन्, ‘हुन त युवाहरुको पालो हो, तर पनि युवाहरु प्रति अझै जनतामा विश्वास जागिसेकेको छैन, जसको कारणले गर्दा आफूले उम्मेदवारी दिएको हुँ।’

    चम्पादेवी गाँउपालिका वडा नं १ लाई भ्रष्टाचार मुक्त, समृद्ध, युवामैत्री, वालमैत्री, वृद्धामैत्री, महिला मैत्री, मजदुर मैत्री वडा बनाउने उद्देश्यका साथ आफू उम्मेदवार बनेको बताउँछन्।

    एमालेले टिकट नदिएकाले कांग्रेसबाट टिकट लिएँ

    रत्नबहादुर पहिले पञ्चायती व्यवस्थाविरुद्धमा पनि लागेका थिए। २०१५ सालदेखि कम्युनिस्‍ट भएको भए पनि अहिले जनताको सेवा गर्ने मन हुँदा हुँदै पनि एमालेले टिकट नदिएका कारण कांग्रेसबाट टिकट लिएको बताउँछन्।

    २०१५ सालदेखि कम्युनिस्‍ट राजनीति गर्दे आएका रत्नबहादुर कहिले माले, कहिले एमाले र कहिले माओवादी हुँदै कम्युनिस्‍ट पार्टीको झण्डामुनि बसेको बताउँछन्। तर अहिले कांग्रेसले जनप्रतिनिधि बनाई जनताको काम गर्ने अवसर दिएका कारण आफू कांग्रेस बनेको बताउँछन्। उनी भन्छन्, '२०७३ सम्म एमालेमा रहें एमालेका धेरै नेताहरुलाई जिताउने काम गरें तर एमालेले जनताको लागि आफूलाई काम गर्ने मौका नदिएका कारण कांग्रेस बनेको हुँ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

  • सामाजिक संजाल

    सम्पर्क

    थाहा खबर प्रा. लि.
    सुमार्गी बी कम्प्लेक्स
    बबरमहल- ११, काठमाडौं, नेपाल

    इमेलः
    समाचार विभाग: इमेल[email protected]
    फोन : ९७७-१- ४२६१९४१
    बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
    ९८५१०७६३३६(सञ्जय नेपाल)
    इमेल: [email protected]

    हाम्रो बारेमा

    प्रधान सम्पादक: तीर्थ कोइराला
    सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

    [विस्तृत]