राजनीति

प्रदेश नम्बर २ को निर्वाचन सारेको विरोधमा अनेरास्ववियुले गर्‍‍यो प्रदर्शन

असार ७, २०७४

    सिराहा : सरकारले स्थानीय तहको निर्वाचन अन्तर्गत प्रदेश नम्बर २ को निर्वाचन तेस्रो चरणमा सारेको विरोधमा नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले प्रदर्शन गरेको छ।

    प्रदेश नं २ मा स्थानीय तहको निर्वाचन तेस्रो चरणमा गर्ने सरकारको निर्णयविरुद्ध अनेरास्ववियुले २ नम्बर प्रदेशबाटै भण्डाफोर अभियान सुरु गरेको हो। सर्लाहीबाट सुरु भएको भण्डाफोर अभियान रौतहट हुँदै बुधवार सिराहामा पुगेर सम्पन्‍न भएको छ।

    भण्डाफोर कार्यक्रममा अनेरास्ववियुकी अध्यक्ष नविना लामाले निर्वाचनबाट भाग्नु अलोकतान्त्रिक भएको बताइत्। ‘कुनै पनि दल हार्ने डरले निर्वाचनबाट भाग्छ भने, त्यो दलको अस्तित्व नै स्वतः समाप्त हुन्छ,’अध्यक्ष लामाले भनिन।

    प्रदेश नं २ को जनताको भावनालाई कदर नगरी सरकारले निर्वाचनको मिति सार्नु निन्दनीय रहेको उनको भनाइ छ। उनले पहिलो चरणको निर्वाचनमा अग्रस्थानमा रहेको एमाले दोस्रो चरणमा पनि अग्रस्थानमै रहने दाबी गरिन्। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]