स्थानीय निर्वाचन २०७४ : निर्वाचन खबर

'आचारसंहिता कार्यान्वयनका लागि प्रत्येक प्रदेशमा अनुगमन टोली'

असार ७, २०७४

    दाङ: निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेलले निर्वाचन आचारसंहिता कार्यान्वयनका लागि प्रत्येक प्रदेशमा अनुगमन टोली खटाएको बताएका छन्।

    दाङ जिल्लामा रहेका मातहतका कर्मचारीलाई बुधबार निर्देशन दिँदै आयुक्त पौडेलले आचारसंहिता कार्यान्वयनमा कडाइ गर्नका लागि अनुगमन टोली प्रत्येक प्रदेशका जिल्लाहरूमा खटिएको बताएका हुन्।

    राजनीतिक दलका प्रतिनीधिहरूको उनले निर्वाचनलाई खर्च व्यवस्थापन र तडकभडक कम गर्नका लागि आचारसंहिता निर्माण गरिएको भन्दै आचारसंहिता कार्यान्वयनका लागि कडाइ गर्न उनले अनुगमन टोलीलाई निर्देशन दिए।

    आचारसंहिता उल्लंघन गरेको पाइएमा अनुगमन टोलीलाई कारवाही गर्ने अधिकारसमेत दिएको बताए। निर्वाचन तयारीको अवस्थाका बारेमा जानकारी लिन दाङ आइपुगेका निर्वाचन आयुक्त पौडेलले प्रतिकूल मौसममा निर्वाचन गराउन चुनौती रहेको भन्दै सहज रूपमा काम गर्न र असहज वातावरण उत्पन्न भएमा समन्वय गरेर काम गर्न मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृतलाई आग्रह गरे।

    क्षेत्रीय प्रशासक महेन्द्र बुढाथोकीले मध्यपश्चिम क्षेत्रमा पर्ने छ जिल्लामा स्थानीय तहको निर्वाचनको सुरक्षा तयारी अवस्थामा रहेको बताए। सुरक्षा दस्तालाई तयारी अवस्थामा राखिएको भन्दै क्षेत्रीय प्रशासक बुढाथोकीले निर्वाचन सुरक्षाका लागि दुईवटा हेलिकोप्टर तयारी अवस्थामा राखिएको बताए।

    कार्यक्रममा दाङका मुख्य निर्वाचन चुरामन खड्काले जिल्लाका १० स्थानीय तहमा असार १० गतेदेखि कर्मचारी खटाइसक्ने जानकारी दिए। प्रतिकूल मौसममा मतपत्र र मतपेटिका जोगाउन चुनौती रहेको भन्दै मुख्य निर्वाचन अधिकृत खड्काले असहज वातावरणमा पनि सहज रूपमा काम गर्ने तयारी रहेको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]