पाल्पा : जिल्लाको रिब्दिकोट गाउँपालिका १ ख्याहास्थित कराम्दीमा मंगलबार एक किशोरी मृत फेला परेकी छन्। सोही ठाउँकी १९ वर्षीया पद्मा स...
- अर्जुन बोहरा-
सिमकोटः कैलाश मानसरोवर दर्शन गर्न गएका एक भारतीय नागरिकको लेक लागेर मृत्यु भएको छ।
मृत्यु हुनेमा भारतको तमिलनाडुका ५२ वर्षका रामकृष्ण राजाराम भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक कमलप्रसाद नेपालले जानकारी दिए। उनका अनुसार मानसरोवर कैलाश दर्शन गरी हुम्लाको सिमानमा रहेको हिल्साबाट हेलिकोप्टरमार्फत् सिमकोट जिल्ला अस्पताल ल्याएर उपचार गर्ने क्रममा रामकृष्णको मृत्यु भएको हो।
हुम्लाबाट कैलाश मानसरोवर दर्शनका लागि जाने भारतीय तीर्थयात्रीमध्ये पछिल्लो एक महिनामा दुई जनाको मृत्यु भइसकेको छ। मृतकको शवलाई नेपालगञ्ज हुँदै भारत पठाइएको छ।
अहिले हुम्लाको सिमकोटमा प्रति दिन पाँच सय जना भारतीय तीर्थयात्रीहरू दर्शन गर्न जाने गरेको सिमकोट विमानस्थल स्रोतले बताएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।