काठमाडौं : कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा अहिले सामान्य वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनु...
दाङ : तुलसीपुरको रक्षाचौरस्थित गुरु जजुर माविमा अध्ययनरत दृष्टिविहिन विद्यार्थीहरुका लागि हेल्पिङ ह्यान्डसले १५ हजार रुपैयाँ बराबरका विभिन्न सामाग्री हस्तान्तरण गरेको छ।
विद्यालयमा अध्ययनरत २५ जना दृष्टिविहिन छात्र–छात्रालाई यस संस्थाले झुल, ब्ल्याङेकट लगायतका सामाग्री वितरण गरेको हो। ‘दाङका विभिन्न चोकमा चटपटे, चिसो, मम, आईसक्रिम लगायतका सामाग्री वितरण गरेर संकलन गरेको रकम विद्यार्थीहरुका लागि सहयोग गरेका हौं,’ संस्थाकी अध्यक्ष प्रतीक्षा पौडेलले भनिन्।
विद्यालयका निमित्त प्र.अ. लेबेन्द्र केसीले आफुले दुख गरेर अरुलाई सहयोग गर्ने उदाहरणीय कार्यका लागि हेल्पिङ ह्यान्डस्लाई धन्यवाद दिए। दृष्टिविहिन छात्र–छात्राका लागि यस विद्यालयले छात्रावासको समेत व्यवस्था गरेको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।