राजनीति : स्थानीय निर्वाचन २०७४

नेपालगन्जमा कांग्रेसले सार्वजनिक गर्‍यो प्रतिबद्धतापत्र, समुन्‍नत सहर बनाउने अठोट

असार ७, २०७४

    नेपालगन्ज : नेपाली काँग्रेस निर्वाचन प्रचार प्रसार समिति नेपालगञ्जले ‘समृद्ध नेपालगन्ज’ को अठोट सहितको प्रतिबद्धता पत्र बुधबार सार्वजनिक गरेको छ।

    पाली कांग्रेसका तर्फबाट नेपालगन्ज उप–महानगरपालिकाका प्रमुखका उम्मेदवार डा. सुरेश कुमार कानोडिया र उपप्रमुखकी उम्मेदवार उमा थापा मगरको अठोटका रुपमा सार्वजनिक गरिएको प्रतिबद्धता पत्रमा ‘५ वर्षमा ५ प्रतिबद्धता’ उल्लेख छ।

    नेपालगन्जलाई समुन्नत सहरका रुपमा विकास गर्ने लक्ष्यसहितको प्रतिबद्धता पत्रमा भौतिक विकास, आर्थिक समृद्धि, जीवनस्तर प्रवद्र्धन, सांस्कृतिक बहुआयामिकता र सामाजिक न्याय तथा सुशासनका क्षेत्रमा विभिन्न प्रतिबद्धता जनाइएको छ।

    डुबानको समस्या झेल्दै आएको नेपालगन्जलाई ‘कहिल्यै नडुब्ने नेपालगन्ज बनाउने’ अठोट प्रतिबद्धता पत्रमा उल्लेख छ। नेपालगन्जलाई प्लाष्टिक मुक्त नगरको पहिचान दिँदै व्यापक वृक्षारोपणमार्फत् ‘ग्रिन सिटी’ को रुपमा विकास गर्ने, चक्रपथ निर्माण गर्ने, सुख्खा बन्दरगाहको सञ्चालन प्रक्रियालाई तिव्रता दिने, सार्वजनिक निजी साझेदारीलाई प्रोत्साहन गर्दै नगरमा बृहत् सभागृह, सहकारी बैंक, कोल्ड स्टोर, खेल मैदान, क्रियापुत्री घर, शवदाह गृह र कब्रस्तान निर्माण गरी सञ्चलान गर्ने प्रतिबद्धतापत्रमा उल्लेख छ। 

    आर्थिक समृद्धिको बाटोमा नेपालगन्जलाई डोर्‍याउन दिगो विकास सहितको औद्योगिक समृद्धिको खाका कोर्ने, सहुलियत दरमा लिज–पर्चेजको व्यवस्था मिलाउने, नेपालगन्जलाई पर्यटकीय हबका रुपमा विकास गर्ने, युवा स्वरोजगारीलाई बढावा दिन सहुलियत ऋण, व्यवसायिक तालिम, सिपमूलक शिक्षाको व्यवस्था गरी बैदेशिक रोजगारमा जान पर्ने बाध्यताको अन्त्य गरिने प्रतिबद्धता कांग्रेसको छ। 

    त्यस्तै जीवनस्तर प्रबद्र्धनका क्षेत्रमा स्वच्छ र प्रशोधित खानेपानीको व्यवस्था, भेरी अञ्चल अस्पताललाई मल्टी स्पेसियालिटी रिफरल अस्पतालको रुपमा विकास गरी प्रदेशका साथै देशकै नमुना अस्पताल बनाउने, जलेका विरामीहरुका निम्ति पुनःस्थापना केन्द्र, अपाङ्गगता भएकाहरुका लागि होस्टेलको व्यवस्था, अन्तिम चरणका क्यान्सर रोगीहरुका लागि ‘होस्पिस’को व्यवस्था गरिने प्रतिबद्धता छ। 

    मदरसाहरुलाई राज्यको मूल प्रवाहको शिक्षा प्रणालीसंग समायोजन गर्ने, मुख्य तथा संवेदनशील चोकहरुमा सिसिटिभी क्यामेरा जोड्ने, खुला आकाशमुनि बस्न बाध्य जीवनको अन्त्य गर्ने प्रतिबद्धता पत्रमा उल्लेख छ।

    सांस्कृतिक बहुआयामिकता अन्तर्गत सामाजिक सद्भावलाई प्रगाढ बनाउने, मठमन्दिर, मस्जिद, चर्च, धर्मशाला, कर्वला क्षेत्रको संरक्षण, सम्बद्र्धन तथा प्रबद्र्धन गर्ने, सार्वजनिक जग्गाको पहिचान गरी त्यसको अधिकतम् प्रतिफल आउने गरी व्यवस्थापन गर्ने, विभिन्न धर्मका धर्माबलम्वी र तीर्थ यात्रीका लागि धर्मशाला निर्माण गर्ने अठोट उम्मेदवारको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]