छापा

रामदेवका ६ औषधी गुणस्तरहीन

असार ८, २०७४

    काठमाडौं : भारतीय योगगुरु रामदेवका ६ वटा आयुर्वेदिक औषधीलाई सरकारले गुणस्तरहीन ठहर गर्दै बजारबाट फिर्ता लिन आदेश दिएको छ।

    योगका माध्यमबाट लोकप्रिय भएर औषधिसमेत उत्पादनमा सक्रिय रामदेवको दिव्य फार्मेसी, उत्तराखण्ड भारतबाट उत्पादित र पतञ्जली आयुर्वेद केन्द्रबाट बिक्री हुने ६ वटा औषधी गुणस्तरहीन ठहर भएको हो।

    दुई साताअघि पनि रामदेवका ४ वटा औषधि गुणस्तरहीन भएको पाइएपछि सरकारले फिर्ता लिने आदेश दिएको थियो। औषधि व्यवस्थाविभाग (डीडीए)ले आवला चुर्ण, दिव्य गैसहर चुर्ण, बकुची चुर्ण, त्रिफला चुर्ण, अश्वगन्धा चूर्ण र अदिव्य चुर्ण माइक्रोवियल परिक्षणमा सफल नभएको जनाउँदै बजारबाट फिर्ता लिने आदेश दिएको हो ।

    ‘हामीले बजार अनुगमनको क्रममा संकलन गरेको औषधिको नमुना परिक्षण गर्दा गुणस्तरहिन पाइए पछि फिर्ता लिन आदेश दिएका हौं,’ डीडीएका फार्मेसी अधिकृत राजेश श्रेष्ठले भने, ‘यो औषधिहरु सिफारिस, बिक्रीवितरण र प्रयोग समेत नगर्न र नगराउन सबैलाइ अनुरोध गर्छौं।’

    दुई साता अघि डीडीएले विभिन्न व्याच नम्बरका रामदेवका विलादी चूर्ण, अभिपत्तिकर चूर्ण, अजमोदादी चूर्ण र सितोपलादी चूर्णलाई बजारबाट फिर्ता गर्न आदेश दिएको थियो ।

    त्यसताका डीडीएका महानिर्देशक नारायणप्रसाद ढकालले रामदेवको औषधिमा ब्याक्टेरियाको मात्रा तोकिएको सीमा भन्दा बढी देखिएपछि बजारबाट फिर्ता गर्न आदेश दिएको बताएका थिए।

कान्तिपुर दैनिक

राजधानी काठमाडौंबाट प्रकाशित ब्रोडसिट दैनिक पत्रिका हो ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]