छापा

राजपाले माने प्रदेश–२ मा नयाँ मतपत्र

असार ८, २०७४

    काठमाडौं : राष्ट्रिय जनता पार्टी नेपालले २ असोजमा हुने प्रदेश–२ को स्थानीय तह निर्वाचनमा सहभागी हुने प्रतिबद्धता जनाए छाता चुनाव चिह्नको व्यवस्था गर्न निर्वाचन आयोग लचिलो बन्ने संकेत गरेको छ।

    आयोगको उच्च स्रोतले दिएको जानकारीअनुसार आन्दोलनरत राजपाले प्रदेश–२ मा २ असोजका लागि निर्धारित तेस्रो चरणको निर्वाचनमा सहभागी हुने सुनिश्चितता देखाए नयाँ मतपत्र छाप्न सकिने संकेत गरेको हो।

    ‘राजनीतिक परिस्थिति त्यहीअनुसार अघि बढेको छ। नयाँ दल दर्ता र नयाँ चिह्न दिनुपर्ने अवस्था देखिँदै छ। त्यो अवस्थामा नयाँ मतपत्र छाप्न आयोगलाई समय पनि छ। लामो समयसम्मको ग्याप केका लागि त?’ आयोग स्रोतले भन्यो, ‘उहाँहरू निर्वाचनमा सहभागी हुन समयभित्र नै प्रक्रियामा आए नयाँ मतपत्र छाप्न सकिन्छ।’

    तर असार मसान्तभित्रै सरकार र राजपाबीच सहमति भएर प्रक्रियामा आइसक्नुपर्ने आयोगको भनाइ छ। नयाँ मतपत्र छाप्न सात साताको समय लाग्ने र सरकारले थप रकम उपलब्ध गराउनुपर्ने आयोग स्रोतले जनाएको छ। राजनीतिक दलहरूबीच सहमति भएअनुसार नै आयोगले काम कारबाही अघि बढाउने र निर्वाचन सबैका लागि र सबैलाई सहभागी गराउने उद्देश्यअनुरूप आन्दोलनरत पक्षसँग सरकारले सहमति गरेर नै निर्वाचन सारेकाले त्यो सम्भावना बढेको आयोग स्रोतले बताएको हो।

    हाल निर्वाचन प्रयोजनका लागि दर्ता भएका बाहेक अन्य राजनीतिक दलहरूसमेत निर्वाचनमा सहभागी हुने अवस्था आएर नयाँ परिस्थिति बने आयोग नयाँ मतपत्र छाप्न तयार देखिएको छ। तर असारको अन्त्यसम्ममा नयाँ दलहरू दर्ताका लागि निर्वाचन आयोगमा प्रक्रिया पूरा गरेर आउँदा मात्र त्यो सम्भावना रहने स्रोतले बताएको छ।

    प्रक्रिया पूरा गरेर दर्ता हुने नयाँ राजनीतिक दलहरूले समेत हाल कायम भएकै चिह्न लिन मान्ने अवस्था भए भने नयाँ मतपत्र छाप्नुपर्नेछैन। आयोगले अहिलेसम्म आन्दोलनरत पक्षलाई उनीहरूको मागबमोजिम निर्वाचन चिह्न दिने औपचारिक निर्णय भने गरेको छैन। 

राजधानी दैनिक

राजधानी काठमाडौंबाट प्रकाशित हुने ब्रोडसिट दैनिक पत्रिका हो ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]