छापा

एमालेका १ केन्द्रीय सदस्यसहित १० जिल्ला अध्यक्ष चुनाव लड्दै

माओवादीका दुई पूर्व सांसद मैदानमा

असार ८, २०७४

    काठमाडौं : नेकपा एमालेले दोस्रो चरणको स्थानीय चुनावमा एक केन्द्रीय सदस्य र १० जिल्ला कमिटी अध्यक्षलाई उम्मेदवार बनाएको छ। पाँचथर, झापा, मोरङ, सुनसरी, भोजपुर, ओखलढुंगा, गुल्मी, रुपन्देही, प्यूठान, बर्दिया जिल्ला कमिटी अध्यक्ष स्थानीय तहमा उम्मेदवार बनेका हुन्।

    उदयपुरको त्रियुगा नगरपालिकाको प्रमुखमा केन्द्रय सदस्य बलदेव चौधरी प्रतिस्पर्धामा छन्। मोरङ जिल्ला अध्यक्ष विनोद ढकाल विराटनगर महानगर,  सुनसरी अध्यक्ष द्वारिका चौधरी इटहरी, रुपन्देशी अध्यक्ष बुटवल उपमहानगरमा प्रमुखको उम्मेदवार छन्।

    पाँचथर अध्यक्ष राजकुमार भण्डारी फिदिम नगरपालिका र भोजपुर अध्यक्ष प्रेमकुमार राई हतुवागढी गाउँपालिका प्रमुखको उम्मेदवार छन्। ओखलढुंगा अध्यक्ष मोहन श्रेष्ठ सिद्धिचरण नगरपालिका, गुल्मी अध्यक्ष मधुकृष्ण पन्थी छत्रकोट नगरपालिका, प्युठान अध्यक्ष तुल्सीराम शर्मा प्युठान नगरपालिका र बर्दिया अध्यक्ष हरिप्रसाद ज्ञवाली गुलरिया नगरपालिका प्रमुखको उम्मेदवार छन्।

    यता माओवादी केन्द्रबाट दुई पूर्वसभासद् उम्मेदवार छन्। पूर्व सांसद जयन्तीकुमारी राई खोटाङको रुपाकोटगढी नगरपालिका प्रमुखमा र सूर्व सभासद पट्टु थारु बाँकेको राप्ती सोनारी गाउँपालिका अध्यक्षको उम्मेदवार छन्।  

नागरिक दैनिक

राजधानी काठमाडौंबाट प्रकाशित ब्रोडसिट दैनिक पत्रिका हो ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]