राजनीति

माओवादीले ८ र कांग्रेसले १३ मन्त्रालय लिने, हेर्नुस् कुन मन्त्रालय कसलाई?

साउन २०, २०७३

    काठमाडाैं : नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसबीच मन्त्रालयको भागवण्डा मिलेको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री निर्वाचित भएसँगै कांग्रेसले मन्त्रालय संख्यामा दावी बढाएपछि देखिएको विवाद सुल्झिएको हो।

    बिहीबार दिउँसो सम्पन्न दुई दलका शीर्ष नेताको बैठकले कांग्रेसले १३ र माओवादीले ८ वटा मन्त्रालय लिने नयाँ समझदारी गरेको माओवादी केन्द्रका एक शीर्ष नेताले थाहाखबरलाई जानकारी दिए। 

    स्रोतका अनुसार माओवादीले अर्थ, सूचना तथा सञ्चार, उर्जा, स्थानीय विकास, शिक्षा, युवा तथा खेलकुद र कानुन मन्त्रालय लिने भएको छ। अर्को एक मन्त्रालय कुन लिने भन्ने विषयमा भने सहमति भएको छैन। त्यसैगरी कांग्रेसले गृह, भौतिक पूर्वाधार, सहरी विकास, पर्यटन मन्त्रालय लिने भएको छ। अन्य कुन–कुन मन्त्रालय लिने भन्नेमा सहमति भएको छैन। नवनिर्वाचित प्रधानमन्त्री प्रचण्डको सपथग्रहण दिउँसो ३ बजे हुने कार्यतालिका छ।

    प्रधानमन्त्री निर्वाचनपूर्व कांग्रेस र माओवादीबीच कांग्रेसले १३ र माओवादीले ९ वटा मन्त्रालय लिने समझदारी भएको थियो। तर बिहीबार बिहान बसेको कांग्रेस पदाधिकारी बैठकमा कांग्रेस शीर्ष नेताले माओवादीलाई प्रधानमन्त्रीसहित ९ मन्त्रालय दिए आफ्नो पार्टीले १५ वटा मन्त्रालय पाउनुपर्ने दावी गरेका थिए। 

    कांग्रेस बैठकमा भएको यस छलफलबारे कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री एवम् माओवादी अध्यक्ष प्रचण्डलाई जानकारी दिँदै फेरि छलफल गर्नुपर्ने प्रस्ताव राखेका थिए। देउवाको प्रस्तावपछि माओवादी केन्द्रले केन्द्रीय कार्यालय समितिको बैठक २ बजेसम्मलाई स्थगित गरी कांग्रेससँग छलफल गरेका थिए। 

बुद्ध लोप्चन

लोप्चन थाहा खबरका समाचारदाता थिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]