सर्लाही : सर्लाहीमा रोकिराखेको बसमा मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु भएको छ। एक गम्भीर घाइते भएका छन्। पूर्व–पश्चिम राजमार्...
लहान : सिरहाको लहान नगरपालिका–२२ जहदी गमरियामा पोखरीमा डुब्दा एक बालिकाको मृत्यु भएको छ। घरनजिकै रहेको पोखरीमा डुबेर फुलकुमार चौधरीकी ५ वर्षीया छोरी अनुराधाको मृत्यु भएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ।
घरमा कोही नभएको समयमा खेल्न निस्किएकी बालिका साँझ ५ बजेतिर पोखरीमा डुबेपछि छिमेकीले तत्काल उद्धार गरी उपचारका लागि लगेका थिए। उपचारका लागि लग्ने क्रममा बाटैमा उनको मृत्यु भएको को स्थानीय हेमशंकर चौधरीले जानकारी दिए।
बालिकाको शव पोष्टमार्टमका लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।