अर्थ

कर फरछ्यौट आयोगका अध्यक्ष महतलाई पक्राउ गर्न अख्तियारले निकाल्यो सूचना

असार ८, २०७४

    काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर फरछ्यौट आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रसाद ढकाललाई पक्राउका लागि सार्वजनिक सूचना जारी गरेको छ। गोरखापत्र दैनिकमा बिहीबार प्रकाशित सूचनामा महत र ढकाललाई पक्राउका लागि सूचना दिइ सहयोग गर्न अपिल गरिएको छ।

    ‘कर फरछ्यौट आयोग, २०७१ का पदाधिकारीले भ्रष्टाचार गरेको भन्ने उजुरीको अनुसन्धानको सिलसिलामा उक्त आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रसाद ढकाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उपस्थित हुन सूचना जारी गरिएकोमा हालसम्म पनि उपस्थित नभई फरार रहेकाले  निजहरुलाई देख्ने वा फेला पार्ने जोसुकैले यस आयोगको हटलाईन १०७ वा नजिकको प्रहरी कार्यालयमा सूचना दिई भ्रष्टाचारको मुद्दाको अनुसन्धान कार्यमा सहयोग पुर्‍याउनुहुन हार्दिक अनुरोध गरिन्छ,’ सूचनामा भनिएको छ ।

    महत र ढकाललाई पक्राउ गर्न सहयोग पुर्‍याउनेलाई उचित पुरस्कार दिइने विज्ञप्तिमा उल्लेख छ।

    झण्डै ३ खर्ब सरकारी बेरुजु फरछ्यौटका लागि सरकारले महतको अध्यक्षतामा ३ सदस्यीय आयोग गठन गरेको थियो। सो आयोगले झण्डै २१ अर्ब अनियमितता गरेको आरोपमा अख्तियारले छानविन गरिरहेको छ।

    हेर्नुहोस् सूचना:

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]