काठमाडौँ : नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीसँग कुनै विचार नै नभएको पार्टीका रुपमा टिप्पणी ग...
काठमाडौं : सरकारले काठमाडौं-निजगढ द्रुतमार्ग (फास्ट ट्र्याक) निर्माणका लागि कार्यविधि बनाएको छ। प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले कार्यविधि अनुमोदन गरेको छ।
द्रुतमार्ग निर्माण कार्य छिटो सम्पन्न हुनेगरी कार्यविधि तयार पारिएको सरकारका प्रवक्ता एवम् अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए। स्वदेशी लगानीमै सम्पन्न गर्नेगरी सरकारले काठमाडौं–निजगढ द्रुतमार्ग निर्माणको जिम्मेवारी नेपाली सेनालाई दिइसकेको छ।
साथै बैठकले स्वास्थ्य मन्त्रालयको सचिवमा किरण रेग्मीलाई नियुक्त गरेको छ। त्यसैगरी न्यायाधीश बाबुराम रेग्मीलाई विशेष अदालतको सदस्यमा नियुक्त गरिएको छ। मन्त्रीपरिषद् बैठकले एसियाली विकास बैंकले उपलब्ध गराउने १ सय ५० मिलियन अमेरिकी डलर बराबरको आर्थिक सहायता लिने स्विकृति पनि दिएको छ।
अर्थमन्त्री कार्कीले आर्थिक सहायता रकम खर्चबारे विस्तृत योजना बनाउन अर्थ मन्त्रालयका सहसचिव नेतृत्वको कार्यदल नै बनाइएको जानकारी दिए।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।